'प्रधानमन्त्री बैठकमाअनुपस्थित हुनु हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’:-भीम रावल • Nepal's Trusted Digital Newspaper'प्रधानमन्त्री बैठकमाअनुपस्थित हुनु हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’:-भीम रावल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘प्रधानमन्त्री बैठकमाअनुपस्थित हुनु हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’:-भीम रावल

‘प्रधानमन्त्री बैठकमाअनुपस्थित हुनु हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’:-भीम रावल

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
‘प्रधानमन्त्री बैठकमाअनुपस्थित हुनु हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’:-भीम रावल

काठमान्डौं । नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताउनुभएकाे छ । समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उहाँले बताउनुभयाे ।

आसन्न अमेरिका भ्रमण, नेपालको परराष्ट्र नीति, एसपीपी लगायतका विषयमा छलफल गर्न समितिले आजको बैठकमा प्रधानमन्त्री देउवालाई बोलाएको थियो । तर प्रधानमन्त्रीको सचिवालयले समिति सभापति पवित्रा निरौला खरेललाई ‘आउन नसक्ने’ जानकारी गराएको थियो ।

आजको बैठकमा सभापति खरेलले प्रधानमन्त्रीले संसदीय समितिलाई अपमान गरेको महसुस भएको बताउनुभएकाे थियाे । तर कांग्रेसका सचेक पुष्पा भुसाल, दिव्यराज भण्डारी लगायतले यसलाई अपमान गरेको भनेर भन्न नमिल्ने तर्क गर्नुभएकाे थियाे ।

एमाले सांसद रावलले भन्नुभयाे, ‘यहाँ सांसदहरुले अपमान नभनौं भन्नुभो, म त भन्छु यो खेदजनक छ । खेदप्रस्ताव पारित गरौं ।’

उहाँले अगाडि भन्नुभयाे, ‘हिजो लोकतन्त्र खतरामा पर्यो भनेर प्रधानमन्त्री बन्नु भएको हो । यही हो त लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समिक्षा गर्ला । उहाँ अनुपस्थित हुनु भनेको हिजैकै गलत कार्यको निरन्तरता भएन र ?’

आफूहरुले एसपीपीबारे प्रधानमन्त्रीकै जवाफ माग गरिरहेको भन्दै जवाफ दिन प्रधानमन्त्री उपस्थित हुनुपर्ने बताउनुभयाे । प्रधानमन्त्री अनुपस्थित हुँदा आशंका उब्जिनु स्वाभाविक भएको उहाँले बताउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका