काठमान्डौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै • Nepal's Trusted Digital Newspaperकाठमान्डौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमान्डौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

काठमान्डौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
काठमान्डौं महानगरपालिकाको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

काठमान्डौं । काठमान्डौं महानगरपालिकाको आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा हुने नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत हुने छ । सोही नीति तथा कार्यक्रमको आधारमा असार १० गते आर्थिक वर्ष २०७९/८० को बजेट आउने छ ।

स्वतन्त्र उम्मेदवार बनेर राजनीतिक दलका उम्मेदवारलाई हराउँदै मेयर पद जित्नुभएका मेयर बालेन्द्र साह (बालेन)को नेतृत्वमा कस्तो नीति तथा कार्यक्रम र बजेट आउला भन्ने चासो छ ।

नगरसभामा मेयर साह अल्पमतमा रहेकाले नीति तथा कार्यक्रम पास गराउन राजनीतिक दलबाट उम्मेदवार बनेर चुनिएका जनप्रतिनिधिहरुको साथ चाहिने छ ।

यसैबीच नीति तथा कार्यक्रमबारे छलफल गर्न आज बिहान काठमान्डौं महानगरपालिकाको कार्यपालिकाको बैठक बसेको थियो ।

onlinekhabar

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका