बिजेन श्रेष्ठले जित्नुभयाे मास्टर्स टाइयाथलन उपाधी • Nepal's Trusted Digital Newspaperबिजेन श्रेष्ठले जित्नुभयाे मास्टर्स टाइयाथलन उपाधी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिजेन श्रेष्ठले जित्नुभयाे मास्टर्स टाइयाथलन उपाधी

बिजेन श्रेष्ठले जित्नुभयाे मास्टर्स टाइयाथलन उपाधी

  • समाचारपाटी
  • आइतवार, असार ५, २०७९
बिजेन श्रेष्ठले जित्नुभयाे मास्टर्स टाइयाथलन उपाधी

काठमान्डाैँ । नेपाल ट्राईयाथलन संघले ओलम्पिक डेका अवसरमा आयोजना गरेको दोश्रो मास्टर्स ट्राईयाथलनको ब्यक्तिगत तर्फको उपाधी बिजेन श्रेष्ठले जित्नुभएकाे छ । बिजेनको यो दोश्रो उपाधी हो । उहाँले यस अघि पनि यो उपाधी जितिसक्नुभएकाे छ ।

बोडे, मध्यपुर ठिमीस्थित जयश्री सिद्धि गणेश पौडी पोखरीमा आयोजना भएको प्रतियोगितामा दोश्रो स्थानमा बिशाल के .सी. र तेश्रो स्थानमा अमग्य श्रेष्ठ रहनुभयाे । ट्राईयाथलन संघसंग आवद्ध ब्यक्तिहरुका बीच आयोजना भएको प्रतियोगितामा १०० मि. पौडी, ३/५ कि.मि. साईक्लिङ्ग र १ कि.मि. दौड रहेको थियो ।

प्रतियोगिताको रिले तर्फ अभिनाष श्रेष्ठ, अभिषेक शाक्य र ईजेश श्रेष्ठको समूहले पहिलो स्थान हात पार्यो । दोश्रो स्थानमा आनन्द लेप्चा, गाय रोगिज र राम कस्यपको समूह तथा तेश्रो स्थानमा निशान श्रेष्ठ, सम्युक प्रजापती र निशा श्रेष्ठको जोडी रहनुभयाे ।

बिजयी खेलाडीहरुलाई प्रमुख अतिथी नेपाल प्रहरीका प्रहरी महानिरीक्षक एवं नेपाल ट्राईयाथन संघका उपाध्यक्ष धीरज प्रताप सिंहले मेडल तथा संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठले प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।

सो अवसरमा नेपाल ट्राईयाथलन संघले आफ्नो उपाध्यक्षलाई नेपाल सरकारले हालै महानिरीक्षकमा पदोन्नती गरेकोमा सिंहलाई प्रशंसा पत्रले सम्मान गर्नुका साथै सफल कार्यकालको शुभकामना प्रदान गरेको थियो । प्रतियोगितामा करिव १०० जनाको सहभागिता रहेको थियो ।

 

viber image 2022 06 18 14 24 12 209

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका