गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता • Nepal's Trusted Digital Newspaperगेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता

गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रधानमन्त्री देउवाकाे प्रतिबद्धता

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभएकाे छ । शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन गर्दै प्रधानमन्त्री देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन गर्न विद्येयक ल्याउने तयारीमा सरकार रहेको बताउनुभएकाे हाे ।

देउवाले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएकोसमेत उल्लेख गर्नुभएकाे छ । ‘म डोटीको उचाकोट माध्यमिक विद्यालयबाट एसएलसी दिएर हिँडेर तीन दिनमा धनगढी पुगेको थिएँ । यहाँबाट भारतको मैलानी, लखनउ हुँदै रक्सौलको बाटो भएर काठमान्डौं  पुगेको थिए । अहिले हेर्नुस कति सुविधा भएको छ’ देउवाले भन्नुभयाे, डे टु डे धनगढी-काठमान्डौं प्लेन चलेका छन् । छिट्टै पुगिन्छ खासै समस्या छैन ।’

तत्कालीन समयमा कर्णाली नदीमा पुल नभएकाले हिँडेर जानुपर्ने अवस्थाको स्मरण गर्दै उहाँले पुल बनेपछि सुदूरपश्चिम राष्ट्रिय मुलधारमा जोडिएको बताउँदै यहाँको विकासका लागि आफ्नो प्रयत्न जारी रहने जनाउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका