बुवा सचिन रौनियारको गीतमा छोरी सिल्भिया रौनियारकाे अभिनय • Nepal's Trusted Digital Newspaperबुवा सचिन रौनियारको गीतमा छोरी सिल्भिया रौनियारकाे अभिनय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुवा सचिन रौनियारको गीतमा छोरी सिल्भिया रौनियारकाे अभिनय

बुवा सचिन रौनियारको गीतमा छोरी सिल्भिया रौनियारकाे अभिनय

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
बुवा सचिन रौनियारको गीतमा छोरी सिल्भिया रौनियारकाे अभिनय

गायक सचिन रौनियारकी छोरी सिल्भिया रौनियारले अभिनयमा डेब्यु गर्नुभएकाे छ । आफ्नै बुवा सचिन रौनियारको गीत ”किन हर हर” (पपया भर्सेज जिलेट) बाट म्यूजिक भिडियोमा उहाँले अभिनय गर्नुभएकाे हाे ।

दीपक शर्माको शब्द र सगीत रहेको गीतको भिडियोमा सिल्भियाको साथमा सुनिल छेत्रीको पनि अभिनय रहेको छ सचिन र
गायिका अस्मिता अधिकारीको पनि युगल स्वर समाबेश गीतको भिडियोलाई सुनिल छेत्रीले नै निर्देशन गर्नुभएकाे हाे जसमा दुर्गा पौडेलको
सिनेमाटोग्राफी र अमृत चापागाईको सम्पादन रहेको छ।

छोरीसँग सहकार्य गर्नुभएका र आफ्नै युट्युब मार्फत गीत सार्वजनिक गर्नुभएका रौनियारकाे यो गीत उहाँका लागि विशेष छ। अन्य गीतमा जस्तै स्रोताहरुको माया र आशीर्वाद पाउने अपेक्षा राखेको गायक सचिनले बताउनुभयाे।

गायनमा करिब ३ दशक बिताईसक्नुभएका सचिनले बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ’सर्च’ बजारमा ल्याउनुभएकाे उहाँले १२ वटा एल्बम सार्वजनिक गरिसक्नुभएकाे छ, भने धेरै गीतहरु दर्शक माझ लोकप्रिय छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका