काठमान्डौँ । लोकप्रिय गायक शिव परियारको सुमधुर स्वर रहेको नयाँ गजल गीत ‘समुन्द्र सबै सराव भए’ सार्वजनिक भएको छ । विशिष्ट संगीतकार आलोकश्रीको संगीत रहेको गीतका शब्द हरि पौडेलले कोर्नुभएकाे हाे ।
महाराज थापाको संगीत संयोजना रहेको गीत गुन्जन स्टुडियोमा रेकर्ड भएको हो । गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अभिनेता आर्यन सिग्देल र श्री थपलियाको अभिनय देख्न सकिन्छ ।
निकै तामझामका साथ बनाइएको भिडियोमा एक सराबी प्रेमीले आफ्नो प्रेमीकालाई फकाउने प्रेमीकथा बुनिएको छ । थुप्रै कोरस प्रयोग गरेर आकर्षक नृत्य सहितबनाइएको भिडियोमा सुदीप बरालको छायांकन, भरत रेग्मीको सम्पादन छ ।
भिडियोको कोरियोग्राफी तथा निर्देशक कबिराज गहतराजले गर्नुभएकाे हाे ।