भैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु • Nepal's Trusted Digital Newspaperभैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

भैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
भैरहवामा पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर एक युवकको मृत्यु

बुटवल । पौडी खेल्ने क्रममा स्विमिङ पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ । होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।

शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौडेलले बताउनुभयाे ।

मृतकका आफन्तले स्विमिङ पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा याे घटना भएको आरोप लगाउनुभएकाे छ। यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका-३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा-१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका