युक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिएको यूएनकाे दाबी • Nepal's Trusted Digital Newspaperयुक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिएको यूएनकाे दाबी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • युक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिएको यूएनकाे दाबी

युक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिएको यूएनकाे दाबी

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
युक्रेन युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण मारिएको यूएनकाे दाबी

काठमान्डौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ ।

रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४ हजार ५ सय ९ जनाको मृत्यु भएको थियो भने ५ हजार५ सय ८५ जना घाइते भएका थिए । मृत्यु हुनेमा २ सय ९४ बालबालिका रहेको राष्ट्र संघले जनाएको छ ।

धेरै नागरिकको युद्ध प्रभावित क्षेत्रमा भएको विस्फोटमा परेर मृत्यु भएको हो, जहाँ तोप, मिसाइल र हवाई हमला भएको अलजजिराले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका