चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे राजनकाे पौडी खेल्ने क्रममा डुबेर निधन • Nepal's Trusted Digital Newspaperचार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे राजनकाे पौडी खेल्ने क्रममा डुबेर निधन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे राजनकाे पौडी खेल्ने क्रममा डुबेर निधन

चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे राजनकाे पौडी खेल्ने क्रममा डुबेर निधन

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे राजनकाे पौडी खेल्ने क्रममा डुबेर निधन

लिस्बन । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल जानुभएका एक नेपालीको निधन भएको छ । विगत चार वर्षदेखि पोर्चुगल बस्दै आउनुभएकाे चितवन जिल्ला भरतपुर महानगरपालिका–१७, बरुवाका ४१ वर्षीय राजन शर्मा सुवेदीको निधन भएको हो ।

सुवेदीको गत शनिबार ग्वारडास्थित घर नजिकैको तालमा पौडी खेल्ने क्रममा डुबेर निधन भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष रवीन अधिकारीले जानकारी दिनुभयाे ।

कामबाट आएलगत्तै पौडी खेल्न जानुभएका राजन लामो समयसम्म कोठामा नफर्केपछि सँगै बस्ने साथीहरु खोज्न जाँदा तालमा डुबेको अवस्थामा फेला परेको अधिकारीले बताउनुभयाे । सुवेदी तालमा डुबेको देखेपछि तत्काल प्रहरीलाई खबर गरिएको थियो ।

मृतक सुवेदी ग्वारडास्थित एक कृषि कम्पनीमा कार्यरत हुनुहुन्थ्याे। शर्माको श्रीमती र एक छोरी नेपालमा रहेका छन् । यसअघि पनि एक नेपालीको समुद्रमा डुबेर निधन भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका