राधा र कृष्णको प्रेम कथा 'राधा प्यारी' भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा • Nepal's Trusted Digital Newspaperराधा र कृष्णको प्रेम कथा 'राधा प्यारी' भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राधा र कृष्णको प्रेम कथा ‘राधा प्यारी’ भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा

राधा र कृष्णको प्रेम कथा ‘राधा प्यारी’ भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा

  • समाचारपाटी
  • शनिबार, असार ४, २०७९
राधा र कृष्णको प्रेम कथा ‘राधा प्यारी’ भिडियोमा, गरिमा र प्रिन्सको अभिनयको चर्चा

काठमान्डौँ । लोकप्रिय गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको स्वर रहेको राधा प्यारीको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक सुरेनले पछिल्लो समय एकपछि अर्को सफल गीतमा स्वर दिइरहेका बेला प्रेम रोमान्सले भरिएको राधा प्यारीबाट निकै आशा गरेको बताउनुभएकाे छ ।

गायक तथा संगीतकार सिएल शर्माको शब्द तथा संगीत सृजना रहेको राधा प्यारीमा एरेन्ज विश्व अधिकारीको रहेको छ । किशोर थापाको मिक्सिगं मास्टरिगं रहेको गीतको भिडियोमा पछिल्लो समयकी चर्चित मोडल गरिमा शर्माको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियोमा गरिमालाई प्रिन्स चौहानले अभिनयमा साथ नुभएकाे छ । भिडियोमा राधाको भूमिकामा  गरिमा  र कृष्ण भूमिकामा प्रिन्स देखिनुभएकाे छ।

एक प्रेमील जोडीको रमाइलो र सफल प्रेम कथा बोल्ने गीतको निर्देशन बिक्रम चौहानले गर्नुभएकाे हाे भने भिडियोमा कोरियोग्राफी पनि निर्देशक स्वयमकै रहेको छ । प्रकाश खड्काको छायांकन रहेको भिडियोको सम्पादन र कलरिगं मिलन विश्वकर्माले गर्नुभएकाे हाे । इनाक्छी इन्टरटेनमेन्टबाट बजारमा ल्याइएको भिडियो र अडियोको निर्माण पनि इनाक्छी इन्टरटेनमेन्टले नै गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका