एकल महिलाको पिडा एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुदा रुदै’ • Nepal's Trusted Digital Newspaperएकल महिलाको पिडा एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुदा रुदै’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एकल महिलाको पिडा एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुदा रुदै’

एकल महिलाको पिडा एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुदा रुदै’

  • समाचारपाटी
  • शुक्रबार, असार ३, २०७९
एकल महिलाको पिडा एकल महिलाको पिडा दर्शाउदै भक्तको गीत ‘रुदा रुदै’

काठमान्डौंँ । ‘पीर’ गीत जस्तै सामाजको यर्थाथ माथि प्रहार गरिएको अर्काे ससक्त गीत ‘रुदा रुदै’ सार्वजनिक भएको छ । गायक भक्त प्रधानको स्वरमा सार्वजनिक गीतले एकल महिलाको आवाज बेजोड रुपमा उठाएको छ । गीतको आकर्षक भिडियो पनि बनेको छ । सुरविर पण्डित, रस्मि भट्ट, शिशिर भण्डारी, जुना कार्की, नरेश संग्रौला लगायतको अभिनय छ ।

भिडियोले दलित र बाँहुन समुदायको प्रेम र एकल महिलाको पिडा देखाएको छ । महिला तथा एकल महिलाको आवाज उठाउने एन्जियोर
आइएन्जियो शहर केन्द्रित भएको कारण गाउँघरमा एकल महिला अझै दर्दनाक पिडा भोग्न बाध्य भएको कथा भिडियोले देखाएको छ ।

भिडियोका निर्देशक मुनाल शिशिर कोइराला हुनुहुन्छ । एकल महिलाले पनि आफ्नो इच्छा अनुसार आफ्नो दोस्रो जिन्दगी सुरु गर्न पाउनुपर्छ भन्ने सन्देश भिडियो मार्फत आफुले दिन खोजेको निर्देशक कोइरालाले बताउनुभयाे ।

‘महिलाको बिषयमा काम गर्ने बिभिन संघसंस्था छन् । ति सबै शहर केन्द्रीत बढी देखिन्छ’ निर्देशक कोइरालाले भन्नुभयाे ‘एकल महिलाको बिषयमा काम गर्ने संस्था पनि दुर्गम पुग्न सकेको छैन ।’ भिडियोले महिलाको बिषयमा काम गर्ने संस्थालाई झकझक्याउने र गाउँमा पुर्याउन मद्दत गर्ने कोइरालाको धारणा रहेको छ ।

भिडियोले एकल महिलाले जिन्दगी जोसँग काट्न मन छ । त्योसँग काट्न समाज किन बाधक ? भन्ने पश्न समेत उठाएको छ । नितेश राईको शब्द तथा संगीत रहेको गीतको एरेन्जर राजु कार्कीले गर्नुभएकाे हाे । दीपक गिरीको छायांकन, सिलन लम्सालको सम्पादन रहेको भिडियो विकल्प क्रियसनको प्रस्तुतिमा योङ माइन्डस् इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका