ताप्लेजुङ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता • Nepal's Trusted Digital Newspaperताप्लेजुङ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ताप्लेजुङ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता

ताप्लेजुङ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता

  • समाचारपाटी
  • शुक्रबार, असार ३, २०७९
ताप्लेजुङ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर सासु र बुहारी बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् ।

राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी रहेकाे र यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिनुभएकाे छ ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ । नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका