टोल टोलमा पुगेर योजना छान्दै पोखरा महानगरपालिका वडा २६ का वडा अध्यक्ष • Nepal's Trusted Digital Newspaperटोल टोलमा पुगेर योजना छान्दै पोखरा महानगरपालिका वडा २६ का वडा अध्यक्ष • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • टोल टोलमा पुगेर योजना छान्दै पोखरा महानगरपालिका वडा २६ का वडा अध्यक्ष

टोल टोलमा पुगेर योजना छान्दै पोखरा महानगरपालिका वडा २६ का वडा अध्यक्ष

  • समाचारपाटी
  • शुक्रबार, असार ३, २०७९
टोल टोलमा पुगेर योजना छान्दै पोखरा महानगरपालिका वडा २६ का वडा अध्यक्ष

पोखरा महानगरपालिका वडा नं. २६ ले आर्थिक बर्ष २०७९÷०८० का लागि टोल टोलमा पुगेर योजना छनौट शुरु गरेको छ । वडाले विहिबार सक्नेरी वहुउद्देश्यी सामाजिक भवन, अर्घौ व्याडमिन्टन हल, पिपलवोट जल्धारे र स्याङजाली तमु समाज मद्दतको पाटनमा भेला राखेर योजना छनौट गरेको हो । टोलबाट प्राप्त भएका योजनाहरुलाई सूचीकृत गरी प्राथमिकता र आवश्यकताको आधारमा बजेट विनियोजन गरिने वडा अध्यक्ष नरेन्द्र थापाले बताउनुभयाे ।

वडा भेलालाई सम्वोधन गर्दै, अध्यक्ष थापाले वडा नं. २६ लाई महानगरकै उत्कृष्ट वनाउन सवैको सहयोगको खाँचो रहेकाे औल्याउनुभयाे ।
उहाँले विगतको बर्ष भन्दा यसपटक वडा विकासका लागि बजेटको सिलिङ बढेर आउने उल्लेख गर्दै, सवै योजना एकैपटकमा सम्पन्न गर्न सम्भव नभए पनि प्राथमिकताका आधारमा क्रमागत रुपमा अघि वढाईने बताउनुभयाे ।

पाँच बर्षका लागि जनताले सेवकका रुपमा आफ्नो नेतृत्वलाई अभिमत दिएको उल्लेख गर्दै, अध्यक्ष थापाले कार्यकाल सकिएपछि मुल्यांकन गर्न आग्रह गर्नुभयाे । कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाटले वडाको पिछडिएको ठाउँबाट विकासको शुरुवात गरिने उल्लेख गर्नुभयाे ।

अर्का वडा सदस्य लक्ष्मीदेवी भट्टराईले निर्वाचनमा जनताले दिएको विश्वासलाई खण्डित हुन नदिने उल्लेख गर्नुभयाे । वडा सदस्य सुदिपराज ढुंगानाले वडामा समन्यायिक विकास गरिने उल्लेख गर्दै, विकासमा विभेद नगरिने बताउनुभयाे । वडा सदस्य सुजता बराल सुनारले वडा भेलाले निर्वाचन पछि जनताको समस्या बुझ्ने अवसर जुटेको बताउनुभयाे ।

भेलामा पूर्व न्यायाधिस बासुदेव न्यौपाने, नेपाली काँग्रेस वडा इकाई सभापति शिव रानाभाट, एमालेका प्रमिला बराल भण्डारी, सुर्य प्रकाश ढुंगाना, रामकृष्ण जि.सि, शर्मिला सुनार, नेकपा माओवादीका मेघराज भण्डारी, नेकपा समाजवादीका मदन प्रकाश बराल, पोष्टराज बराल, राप्रपाका टिकाराम अधिकारी, राष्ट्रिय जनमोर्चाका हरि बराल, भवानी कालिका माविका पूर्व प्रधानाध्यापक हरिप्रसाद अधिकारी, जेष्ठ नागरिक विनिमाधव अधिकारी, स्याङजाली तमु समाजका अध्यक्ष पूर्व लेप्लटेन मेन बहादुर गुरुङ्ग, सहनशिल आमा समूहका अध्यक्ष कल्पना नेपाली लगायतले योजना छनौटमा सुझाव दिनुभएकाे थियाे ।

वडा भेला वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी नवराज सापकोटा, इञ्जिनियर राजेश बञ्जरा लगायतले सहजीकरण गर्नुभएकाे थियाे ।

Ward Vela pic 03 Ward Vela pic 26

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका