सरकारसँग पाँच बुँदे सहमति भएपछि निहारिकाले तोड्नुभयाे अनसन • Nepal's Trusted Digital Newspaperसरकारसँग पाँच बुँदे सहमति भएपछि निहारिकाले तोड्नुभयाे अनसन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सरकारसँग पाँच बुँदे सहमति भएपछि निहारिकाले तोड्नुभयाे अनसन

सरकारसँग पाँच बुँदे सहमति भएपछि निहारिकाले तोड्नुभयाे अनसन

  • समाचारपाटी
  • शुक्रबार, असार ३, २०७९
सरकारसँग पाँच बुँदे सहमति भएपछि  निहारिकाले तोड्नुभयाे अनसन

काठमान्डौं । न्यायको माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बस्नुभएकी महोत्तरीकी सोनाली कुमारी सिंह (निहारिका)ले सरकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोड्नुभएकाे छ ।

गृहमन्त्री बालकृष्ण खाँणले दिएको जुस पिउँदै निहारिकाले बिहीबार बेलुकी अनसन तोड्नुभएकाे हाे । अनसन तोडाउन राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल खतिवडाले पहल गर्नुभएकाे थियाे ।

आरोपी शिवराम श्रेष्ठ र अनसनकर्ता निहारिकाका छोराको डिएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, अनसनकर्ता र अनसनकर्ता निहारिकाको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने र न्याय राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने लगायतका सहमति दुई पक्षबीच भएको छ ।

सहमति पत्रमा गृह मन्त्रालयका सहसचिव शिवराम पोखरेल, उपसचिव वसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका