आबुखैरेनी रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु • Nepal's Trusted Digital Newspaperआबुखैरेनी रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आबुखैरेनी रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

आबुखैरेनी रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

  • समाचारपाटी
  • बिहिबार, असार २, २०७९
आबुखैरेनी रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु

दमौली । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका वडा नं. ४ रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ ।

मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर दुर्घटनामा सोही टिपरका चालक म्याग्दे–६ मनपाङ निवासी ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिनुभयाे ।

दुर्घटनामा घाइते दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका