मनोज चन्द र गरिमा शर्मा को अभिनयमा ‘एक सफर‘ बजारमा • Nepal's Trusted Digital Newspaperमनोज चन्द र गरिमा शर्मा को अभिनयमा ‘एक सफर‘ बजारमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मनोज चन्द र गरिमा शर्मा को अभिनयमा ‘एक सफर‘ बजारमा

मनोज चन्द र गरिमा शर्मा को अभिनयमा ‘एक सफर‘ बजारमा

  • समाचारपाटी
  • बिहिबार, असार २, २०७९
मनोज चन्द र गरिमा शर्मा को अभिनयमा ‘एक सफर‘ बजारमा

काठमान्डाैँ । रोशन विश्वकर्माको रचना तथा सुगम संगीतका लोकप्रिय गायक विशाल निरौला र अस्मिता अधिकारीको आवाजमा रहेको गीत ‘‘एक सफर‘ को भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतका चर्चित र अब्बल संगीतकार विशाल निरौलको संगीत रहेको सो गीतमा विशाल निरौला स्यमले संगीत संयोजन गर्नुभएकाे छ ।

गीतको सुन्दर भिडियो पनी बनेको छ । जसको निर्देशन निशान एस के ले गर्नुभएकाे हाे । दिपक गिरीको छायाँकन , तथा प्रकाश एस के को सम्पादन रहेको भिडियोमा मनोज चन्द र गरिमा शर्मा को अभिनय देख्न सकिन्छ ।

प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गीत सार्वजनिक गरिएको गायक विशाल निरौलाले बताउनुभएकाे छ ।

 

safar 8 safar 11 safar 12 safar 19

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका