अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा विस्तार • Nepal's Trusted Digital Newspaperअमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा विस्तार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा विस्तार

अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा विस्तार

  • समाचारपाटी
  • बिहिबार, असार २, २०७९
अमरसिंह चोकमा ‘हट एण्ड स्पाइसी’को नयाँ शाखा विस्तार

पोखरा । ‘स्वाद र स्वास्थ्य’ नारासहित सेवा प्रदान गर्दै आएको ‘हट एण्ड स्पाइसी’ले आफ्नो नयाँ शाखा अमरसिंहमा विस्तार गरेको छ ।
पोखरा महानरपालिका १० अमरसिंहचोकस्थित मेगा बैंकसँगै ‘हट एण्ड स्पाइसी’ले मायाज कस्टम केकसहित रेष्टुरेण्ट बुधाबार देखि सञ्चालनमा ल्याएको हो ।

उक्त रेष्टुरेण्टको उद्घाटन नवनिर्वाचित पोखरा १० का वडाध्यक्ष राजेश गुरुङले गर्नुभएकाे छ । सो अवसरमा बोल्दै वडाध्यक्ष गुरुङले  सफलताको शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

विभिन्न ठाउँमा शाखाहरु विस्तार गर्नु आफैमा प्ररणादायी कार्य रहेको वडाध्यक्ष गुरुङले धारणा राख्नुभएकाे थियाे । ‘यो त उदाहारणीय काम हो । सरकारले गर्न नसकेको काम तपाइहरुले गर्नुभएको छ, उहाँले भन्नुभयाे, ‘२ सय भन्दा बढि कर्मचारीलाई रोजगार दिनुभएको छ । यतिमात्र नभई प्रशिक्षणको व्यवस्था पनि रहेछ जसले आत्मनिर्भर बन्न सघाउ पुग्छ ।’

वडाध्यक्ष गुरुङले युवाहरुलाई दक्ष र आत्मनिर्भर बनाउने काममा हट एण्ड स्पाइसीले योगदान दिएको भन्दै प्रशंसा गर्नुभएकाे थियाे । हट एण्ड स्पाइसीले आफ्नो शाखाहरुलाई वर्गीकरण गरेको बताउँदै पोखरामा ४ वटा क वर्गका शाखा रहेको सञ्चालक ज्ञान गुरुङले बताउनुभयाे । उहाँका अनुसार सेवाकेन्द्र क वर्गका शाखाहरु सहित पोखरामा एक दर्जन शाखाहरु रहेका छन् । उहाँले पोखराको बगर, नदीपुर, ड्यामसाइड, अमरसिंह लगायतको स्थानबाट सेवा प्रदान गर्दै आएको बताउदै भन्नुभयाे, ‘हामीले अनलाइनमार्फत पनि खाजाका परिकारहरु डेलिभरी गर्छाै।

बगरको क्षेत्रबाट आयो भने बगरबाट सप्लाई हुन्छ । यस्तै जुन ठाउँबाट नजिक पर्छ त्यही आसपासको शाखाबाट खाजा उपलब्ध गर्दै आएका छौं ।’ उहाँले अमरसिंह क्षेत्रको ग्राहकलाई मध्यनगर गर्दै नयाँ शाखा सञ्चालनमा ल्याएको बताउनुभयाे । उहाँका अनुसार स्पाइसीले सन् २०१२ देखि सेवा सञ्चालन गरेको थियो ।

एक दशकसम्म सेवा प्रवाह गरेको यस रेष्टुरेण्टको शाखा गण्डकी प्रदेशका अधिकांश जिल्लाहरुमा विस्तार भैसकेको व्यवस्थापक सन्देश गुरुङले जानकारी दिनुभयाे । उहाँका अनुसार सो कम्पनीमा करिब २ सय बढि कर्मचारी रहेका छन् । पाइदैन धुम्रपान र मध्यपानजन्य पदार्थ
स्वाद र स्वास्थ्य’ भन्ने नारासहित सञ्चालनमा रहेको हट एण्ड स्पाइसी रेटुरेष्टमा मध्यपान जन्य र धुम्रपानजन्य पदार्थको विक्रि नगरिने सञ्चालक ज्ञान गुरुङले बताउनुभएकाे छ ।

उहाँले ग्राहकको स्वास्थ्यलाई मध्यनजर गरि मध्यपान र धुम्रपान विक्रिमा प्रतिबन्ध लगाएको प्रष्ट पार्नुभएकाे छ । ‘हाम्रो लक्ष्य नै स्वाद र स्वास्थ्य हो । उहाँले भन्नुभयाे,‘त्यसैले ग्राहकको स्वास्थ्यलाई ख्याल गर्दै हानिकार चिजबस्तुहरु विक्रि गर्दैनौं । मध्यपान र धुम्रपानको सेवाबाट हामी विल्कुल टाढा छौं ।’ उहाँले हट एण्ड स्पाइसीमा स्वास्थ्यबर्दक खाजाहरु प्रदान गर्दै आएकै कारण फरक पहिचान बनेको धारणा राख्नुभएकाे थियाे ।

IMG 4996 scaled

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका