स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना • Nepal's Trusted Digital Newspaperस्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना

स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना

  • समाचारपाटी
  • बुधबार, असार १, २०७९
स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना
photo source:-onlinekhabar

बुटवल ।  अहिले विवादमा रहनुभएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुनुभएकाे छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. इन्द्र ढकालका अनुसार राज्यमन्त्री वली मंगलबार राति १ बजेतिर बेहोस अवस्थामा अस्पताल आउनुभएकाे थियाे । उहाँको मेडिकल विभागका फिजिसियनहरुले चेकजाँच गर्दा रक्तचाप बढी र सुगरको मात्रा पनि बढी देखिएको मेसु ढकालले जानकारी दिनुभयाे ।

स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई क्याबिनमा भर्ना गरेर उपचार भइरहेको मेसुले बताउनुभएकाे छ । रगत लगायत अन्य जाँचको रिपोर्ट आउन बाँकी रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको डा. ढकालले बताउनुभयाे ।

मंगलबार बिहान दाङको तुलसीपुरमा एक महिला र बालिकालाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेकी वलीलाई प्रहरीले मंगलबार राति बुटवल पुर्याएको थियो ।

प्रदेश सभा बैठक र बहालवाला राज्मन्त्री भएकाले बुटवल पठाइदिन प्रदेश सरकारले आग्रह गरेपछि मंगलबार राति बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका