‘एसपीपीकाे प्रस्ताव गरेको छैन्,यो कुरा गलत हो, झुटा हो' :-गोविन्द बन्दी • Nepal's Trusted Digital Newspaper‘एसपीपीकाे प्रस्ताव गरेको छैन्,यो कुरा गलत हो, झुटा हो' :-गोविन्द बन्दी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘एसपीपीकाे प्रस्ताव गरेको छैन्,यो कुरा गलत हो, झुटा हो’ :-गोविन्द बन्दी

‘एसपीपीकाे प्रस्ताव गरेको छैन्,यो कुरा गलत हो, झुटा हो’ :-गोविन्द बन्दी

  • समाचारपाटी
  • बुधबार, असार १, २०७९
‘एसपीपीकाे प्रस्ताव गरेको छैन्,यो कुरा गलत हो, झुटा हो’ :-गोविन्द बन्दी

काठमान्डौं । सरकारले अमेरिकाले स्टेट पार्टनरसीप प्रोगाम (एसपीपी) मा सम्झौताका लागि अमेरिकाले प्रस्ताव नगरेको बताएको छ ।

बुधबार प्रतिनिधि सभामा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले नेपालले पनि एसपीपी माग नगरेको बताउनुभयाे ।

‘नेपाल सरकारले कुनै पनि स्टेट पाटनरसिप प्रोग्राममा लागि इन्भाइट गरेको छैन् । प्रस्ताव गरेको छैन् । प्रस्ताव राखेको छैन् । हामीकहाँ प्रस्ताव आएको पनि छैन् । यो कुरा गलत हो, झुटा हो । सरासर गलत हो । सरकारलाई बदमना गराउने एउटा खेल मात्रै हो ।’

कहीँ कतै एसपीपीको प्रस्ताव नआएको दोहोर्‍याउँदै उहाँले भन्नुभयाे, ‘हामीलाई बनको बाघले होइन मनको बाघले नखाओस् ।’

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका