ड्याम साईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल • Nepal's Trusted Digital Newspaperड्याम साईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ड्याम साईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

ड्याम साईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

  • समाचारपाटी
  • बुधबार, असार १, २०७९
ड्याम साईड क्लबद्वारा सल्लाहकार चयन तथा छलफल

पोखरा । खेल तथा सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान वनाउन सफल पोखरा १७ मा रहेको ड्याम साईड क्लबले सल्लाहकार चयन तथा छलफल गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा अधिवक्ता केशवराज वराल, इञ्जिनियर किसान सिं गुरुङ र समाजसेवी कल्पना श्रेष्ठलाई २ वर्षको लागि क्लबको सल्लाहकारमा मनोनित गरेको हो ।

सल्लाहकारमा मनोनित सबै जनालाई निर्वतमान अध्यक्ष पदमबहादुर ढकाल र अध्यक्ष प्रताप गुरुङले प्रमाण पत्र प्रदान गर्नुभएकाे थियाे ।

सो अवसरमा क्लबले ड्याम साईड क्षेत्रलाई पर्यटकीय क्षेत्र वनाउन विगतका दिनहरुमा गरेका कामहरुलाई निरन्तरता दिदैं महानगरपालिका र प्रदेश सरकारसंग मिलेर काम गर्ने आगामी योजना रहेको अध्यक्ष प्रताप गुरुङले बताउनुभयाे ।

क्लबका अध्यक्ष प्रताप गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद वराल र कार्यक्रम संचालन महासचिव राकेश श्रेष्ठले गर्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका