आयोगले मतदाता नामावली संकलन असार १ गतेदेखि सञ्चालन गर्ने • Nepal's Trusted Digital Newspaperआयोगले मतदाता नामावली संकलन असार १ गतेदेखि सञ्चालन गर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आयोगले मतदाता नामावली संकलन असार १ गतेदेखि सञ्चालन गर्ने

आयोगले मतदाता नामावली संकलन असार १ गतेदेखि सञ्चालन गर्ने

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३१, २०७९
आयोगले मतदाता नामावली संकलन असार १ गतेदेखि सञ्चालन गर्ने

काठमान्डौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो ।

आयोगले कुनै पेशा, व्‍यवसाय वा अन्‍य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाबाट दर्ता गर्न सक्‍ने व्यवस्था गरेको हो ।

यस्तै मतदाताले मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्ममिति लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिनु पर्ने आयोगले जनाएको छ ।

आयोगका अनुसार मतदाताले झुटो विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेमा कुनै पनि व्‍यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानबिन गरी उक्त नाम हटाउन सक्‍नेछन् ।

Election Comission release1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका