चलचित्र 'प्रकाश' को विदेश राईट महंगो मुल्यमा बिक्री • Nepal's Trusted Digital Newspaperचलचित्र 'प्रकाश' को विदेश राईट महंगो मुल्यमा बिक्री • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चलचित्र ‘प्रकाश’ को विदेश राईट महंगो मुल्यमा बिक्री

चलचित्र ‘प्रकाश’ को विदेश राईट महंगो मुल्यमा बिक्री

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३१, २०७९
चलचित्र ‘प्रकाश’ को विदेश राईट महंगो मुल्यमा बिक्री

भदौ १० गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘प्रकाश’ को विदेश राईट महंगो मुल्यमा बिक्री भएको छ । दिनेश राउतले निर्देशन गरेको चलचित्र ‘प्रकाश’को विदेश राइटस् महंगो मूल्यमा बिक्री भएको हो ।

चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र यूरोपमा महंगो मूल्यमा विदेश राईटस् बिक्री भएको चलचित्रका निर्माता महेन्द्र अधिकारीले जानकारीले दिनुभएकाे छ ।

चलचित्रमा पछिल्लो समयका चर्चित नायक प्रदिप खड्का, दिया मास्के लगायतको अभिनय रहेको छ । एक युवाले शिक्षक बन्ने दौडमा गरेको संघषलाई चलचित्रमा देखाईएको छ । धेरै चलचित्रमा लबर बोईको रोलमा देखिने प्रदिप यो चलचित्रमा भने फरक रुपमा देखिनुभएकाे छ । यसै कारण पनि चलचित्रको प्रखाईमा छन् दर्शकहरु ।

महेन्द्र अधिकारीको लगानीमा निर्माण भएको चलचित्रलाई बिनिस इन्टरटेनमेन्टले निर्माण गरेको हो । बिकास सुबेदीको लेखनमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायंकन , जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । चलचित्र भदौ १० गतेबाट नेपालभर प्रदर्शनमा आउदै छ ।

pradeep dai 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका