तनहुँमा चुँदीखोलामा माछा मार्न गएका दुई दाजु र भाईको मृत्यु  • Nepal's Trusted Digital Newspaperतनहुँमा चुँदीखोलामा माछा मार्न गएका दुई दाजु र भाईको मृत्यु  • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँमा चुँदीखोलामा माछा मार्न गएका दुई दाजु र भाईको मृत्यु 

तनहुँमा चुँदीखोलामा माछा मार्न गएका दुई दाजु र भाईको मृत्यु 

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३१, २०७९
तनहुँमा चुँदीखोलामा माछा मार्न गएका दुई दाजु र भाईको मृत्यु 

तनहुँ । तनहुँको भानु नगरपालिका–२ का दुई युवकको माछामार्ने क्रममा आईतबार खाेलामा डुबेर मृत्यु भएको छ । २२ वर्षिय सागर गुरुङ र ३५ वर्षिय  धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो ।

भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक दुवै जना मामा र फुपुको छोरा नाताले दाजु र भाई हुन् । दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासिन्दा राजेश कार्कीले जानकारी दिनुभयो ।

दिउँसो ४ः३० बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभयो । साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै छ । सो ठाउँमा गहिरो रह भएकोले पहिले पनि मानिसको डुबेर मृत्यु हुने गरेको स्थानीय वासिन्दा बताउँछन् । हरेक वर्ष घटना घट्ने ठाउँ भएकोले बाङ्गेरहमा माछा मार्ने र पौडी खेल्न बन्द गरी खतरनाक ठाउँ भनि होडिङ बोर्ड राख्ने काम गर्नु पर्ने स्थानीय हरि खड्ले सुझाव दिनुभएकाे छ ।

286990305 1122784861786753 1631511855427144 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका