राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव घिसिङद्धारा कबड्डी टोलीलाई बिदाई • Nepal's Trusted Digital Newspaperराष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव घिसिङद्धारा कबड्डी टोलीलाई बिदाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव घिसिङद्धारा कबड्डी टोलीलाई बिदाई

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव घिसिङद्धारा कबड्डी टोलीलाई बिदाई

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३१, २०७९
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव घिसिङद्धारा कबड्डी टोलीलाई बिदाई

काठमान्डाैँ । १९ औं एशियाली खेलकुदको तयारीमा रहेको कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेलकुद परिषदमा सोमबार शुभकामना सहित बिदाई गर्नुभएकाे छ ।

बिदाई गर्ने क्रममा सदस्य सचिव घिसिङले यो प्रशिक्षणमात्र नभई बन्द प्रशिक्षणकै प्रकृया भएको बताउनुभएकाे थियाे । उहाँले यो प्रशिक्षण ९ औं राष्ट्रिय खेलकुदका लागि सुरुवाती प्रशिक्षण समेत रहेको भन्दै एशियाली खेलकुदको मिति तय नभएता पनि खेलाडीहरुको स्तर बृद्धि गर्न यस कार्यक्रमले सहयोग पुग्ने बताउनुभयाे ।

सदस्य सचिव घिसिङले खेलाडीहरुलाई अनुशासित रहेर प्रशिक्षण लिन र स्तर बृद्धिका लागि अध्ययन र अनुसन्धानलाई पनि महत्व प्रदान गर्न प्रशिक्षक र खेलाडीलाई सुझाव दिनुभयाे ।

राष्ट्रिय खेलकुद परिषदले १९ औं एशियाली खेलकुदमा सहभागी हुने २३ खेलका पहिलो चरणमा छनोट भएका खेलाडीहरुका लागि पहिलो चरणको प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । कबड्डीले महेन्द्रनगरमा आफ्नो एक महिने प्रशिक्षण गर्ने छ । १५ सदस्यीय खेलाडी, ४ प्रशिक्षक सोमबारनै त्यस तर्फ प्रस्थान गरेका छन् ।

MB2A4999 MB2A5007

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका