काठमान्डौं । एस के ईन्टरटेनमेन्टको प्रस्तुतिमा आयोजना हुनगईरहेको मिसेस एण्ड मिस गुरुङ २०२२, सिजन ३ को पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीमा सम्पन्न अडिसनमा काठमान्डौं भित्र तथा काठमान्डौं बाहिरबाट ४० जना प्रतियोगीहरुको उपस्थिती थियो ।
गुरुङ समुदायका अविवाहित र बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा नायक रमेश उप्रेती, कोरियोग्राफर रोजिन शाक्य, नायक आनन्द गुरुङ, मिसेस गुरुङ(२०२१ चिनीमाया गुरुङ, मिसेस गुरुङ २०२१ फर्स्ट रनरअप पुजा गुरुङ, मिसेस तामाङ २०२० आकृति तामाङ, मिस ईण्डीजिनियस २०२१ नम्रता तामाङ, मिस गुरुङ २०२१ सुस्मिता गुरुङ र चलचित्र निर्देशक दिप गुरुङ निर्णायक मण्डलको उपस्थितीमा अडिसन सम्पन्न भएको थियो ।
गुरुङ जातिको कला संस्कृति भेषभूषा, रितिरिवाज एवम रहनसहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी र व्यवसायिक महिला दिदिबहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ३ बर्ष देखि आयोजना गरिदै आएको मिसेस एण्ड मिस गुरुङ २०२२ सिजन ३ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो। उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ। जसमा नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनर रोजिन शाक्य बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिईनेछ। प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ ।
प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनीङ बाट सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउनुहुन्छ । यस सौन्दर्य प्रतियोगीताले गुरुङ बिवाहित नारि, युवा युवतीहरु बीच व्यक्तित्व विकास र आफु संग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ।