आज पनौती स्नान, पूर्णिमा व्रत, कबीर जयन्ती • Nepal's Trusted Digital Newspaperआज पनौती स्नान, पूर्णिमा व्रत, कबीर जयन्ती • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आज पनौती स्नान, पूर्णिमा व्रत, कबीर जयन्ती

आज पनौती स्नान, पूर्णिमा व्रत, कबीर जयन्ती

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ ३१, २०७९
आज पनौती स्नान, पूर्णिमा व्रत, कबीर जयन्ती

पनौती जात्रा
नेपाल सम्वतको आठौँ महिना तछला हो । तछला नयाँ चन्द्रमासङै सुरु भएर १५ औँ दिनमा पूर्णचन्द्र पर्न आउँदछ । यस मासलाई पनि शुक्ल पक्ष र चन्द्र पक्ष गरी दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ । अब पूर्णचन्द्रको दिनको कुरा गरौँ जसलाई गैडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्ध मार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् ।

बौद्ध मार्गीका लागि ज्या: पुन्हि
बौद्ध मार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात् पूर्णिमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा घर छाडेर निस्केको बताइन्छ । बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरू उठ्ने गर्दछन् तथापि केही बौद्ध मार्गी ग्रन्थहरूमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तता लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।

कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउन कालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्त्व ज्ञान अनि त्यागसँग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रूपमा उल्लासका साथ मनाउँदछन् ।

panauti jatra
पनौती पुन्हि र ज्या: पुन्हि
यस पूर्णेलाई काभ्रेको पनौतीमा अझ उल्लासका साथ पनौती पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रूपमा पनौती नगर नेपालको एउटा पवित्र सहर हो जसले हजारौँ वर्षदेखि कला, सांस्कृतिक धरोहर अनि संस्कारको जगेर्ना गर्दै आएको छ ।

काठमाडौँ पूर्वको पनौतीमा पनौती जात्राकै रूपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत्त भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीको प्रेम रस अनि यौनउन्मात पनि अप्रत्यक्ष रूपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरू राती महिला अन केटाकेटीसँग लुकाएर गर्ने चलन छ ।

रथयात्राका क्रममा रथहरूलाई नगरका विभिन्न ठाउँमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र संस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिर्गमनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान् ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौती बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरूपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।

तर शुक्ल पक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरूलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रूपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्त्व छ । यस रितलाई पनौती स्नान पनि भनिन्छ ।

ज्या: पुन्हिको किंवदन्ती
जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पूजा गर्न पारी जानुपर्ने थियो । त्यसै बखत पुजारीले वासुकी नागसँग सहयोग मागेर खोला तरेको प्रसङ्ग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।

purnima

पूर्णिमा व्रत

शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भनेँ कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

kabir das
बाढी पहिरोको प्रकोप समापन होस्, धर्म र धर्मावलम्बी दुवैको रक्षा होस् ।
सन्त कबीरलाई जनमानसमा कबीर दास वा कबीर साहेब भनेर चिनिन्छ। कबीरदासको जन्मको बारेमा यकिनका साथ केही भन्न सकिन्न । जनविश्वास अनुसार ज्येष्ठ महिनाको पूर्णिमालाई कबीर जयन्तीका रूपमा मनाउने गरिन्छ ।

कबीरको जन्मसँग सम्बन्धित कथा
कबीर दासजी को जन्मको बारेमा पक्का केही भन्न सम्भव छैन। तैपनि, एक किंवदन्ती अनुसार, सन्त कबीर दासले ज्येष्ठ महिनाको पूर्णिमाको दिन काशीको लहरतारा पोखरीको कमलको फूलमा आफ्ना आमाबाबु निरु र नीमालाई भेट्नुभएकाे थियाे। यस दिन उनीहरूलाई निमा र निरु नामक जुलाहे दम्पतीले ग्रहण गरेको बताइएको छ । कबीर दास जी को हुर्काउने उहाँ नै हुनुहुन्थ्यो। त्यसैले यस दिनलाई कबीर जयन्तीका रूपमा मनाइन्छ।

कबीर दासजी को दोहांहरुको महत्त्व
छोटा, छन्दमा अनि अर्थपूर्ण सरल काव्यिक पङ्क्तिलाई दोहां भनिन्छ । कबीर दासजीले मध्यकालीन भारतको सामाजिक, धार्मिक र आध्यात्मिक जीवनमा अमूल्य योगदान दिए। आफ्नो दोहोरी, विचार र जीवनीले तत्कालीन सामाजिक, आर्थिक, धार्मिक र आध्यात्मिक क्षेत्रमा क्रान्तिको थालनी गर्नुभएकाे थियाे । उहाँले मध्ययुगीन भारतको तत्कालीन समाजमा व्याप्त अन्धविश्वास, रूढीवाद, पाखण्डको कडा विरोध गर्नुभयाे।

कबीर दासजीले त्यस अवधिमा भारतीय समाजमा विभिन्न धर्म र सामाजिक मानिसहरू बिच आपसी सद्भाव र भाइचाराको लागि मार्ग प्रशस्त गरेका थिए। हिन्दु धर्म, इस्लाम, हिन्दु धर्ममा मूर्ति पूजाको विरोध गर्दै, सबै धर्ममा व्याप्त कुकृत्य र पाखण्डलाई आक्रमण गर्दै आफ्ना रचनाहरूलाई अघि सार्नुभयाे ।

कबीर दासजीले सामाजिक कुरीतिमाथि प्रहार गर्दै ‘धाइ अखर प्रेमका पढेसो पण्डित हो’ भन्ने सन्देश दिनुभएकाे थियाे । प्रेम र मानवतालाई सबैभन्दा माथि राख्दै भारत वर्षमा समानता र सभ्यताको बिगुल फुक्ने कबीर आज पनि आफ्ना कविताहरू माझ जीवित हुनुहुन्छ ।

भारत वर्षको भूमि तपो भूमि (तपोवन) को नामले विश्वभर प्रसिद्ध छ। यहाँ धेरै सन्त, महात्मा, पिर पैगम्बरको जन्म भएको थियो। सबैले भाइचारा, प्रेम र सद्भावको सन्देश दिएका छन् । सन्त कबीरदासजी पनि यिनै सन्तहरूमध्ये एक हुनुहुन्छ। महात्मा कबीर समाजमा फैलिएको देखावटीका कट्टर विरोधी हुनुहुनथ्याे । उहाँ लेखक र कवि हुनुहुन्थ्याे । उहाँका दोहाँहरूले व्यक्तिलाई जीवनमा नयाँ प्रेरणा दिन्थ्यो।

अनुयायी
कबीरदास जीलाई हिन्दु र मुस्लिम दुवै सम्प्रदायमा समान सम्मान थियो। दुवै सम्प्रदायका मानिसहरू उहाँका अनुयायी थिए। यही कारण उहाँको मृत्युपछि उहाँको शवलाई लिएर विवाद भएको थियो । उहाँको अन्तिम संस्कार हिन्दु रीतिरिवाजअनुसार गर्नुपर्छ भन्ने हिन्दुहरूले भने र मुस्लिमहरूले भने मुस्लिम संस्कारअनुसार गर्नुपर्छ । तर यस झडपमा जब उहाँको शवबाट चादर हटाइयो, तब मानिसहरूले त्यहाँ फूलको थुप्रो परेको देखे।

यो कबिरजीले दिएको एक धेरै शक्तिशाली सन्देश थियो कि हरेक मान्छे एक फूल जस्तै हुनुपर्छ ( सबैलाई स्वीकार्य, सबै धर्महरूको लागि समान भावना भएको। पछि त्यहाँबाट आधा फूल हिन्दु र आधा मुस्लिमले लिएर आफ्नै तरिकाले अन्तिम संस्कार गरे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका