विभिन्न उत्कृष्ट ४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड • Nepal's Trusted Digital Newspaperविभिन्न उत्कृष्ट ४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विभिन्न उत्कृष्ट ४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड

विभिन्न उत्कृष्ट ४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
विभिन्न उत्कृष्ट ४२ विधामा प्रदान गरियो स्टार म्युजिक भिडियो अवार्ड

काठमान्डौं । काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ । विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै शनिबार यो अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा आधुनिक गीत यसपटक प्रताप दास र एलिना चौहान उत्कृष्ट गायक गायिका हुनुभएकाे छ । प्रताप दासले तिमि छाउ र एलिना चौहानले ओखल ढिकीबाट उत्कृष्ट गायनको अवार्ड चुम्नुभएकाे हाे । यस्तै आधुनिक गायनमै जुरी अवार्ड शेरकेनीले प्राप्त गर्नुभयाे । आधुनिक संगीतकारको अवार्ड रोशन सिंहले हाँसिल गर्नुभएकाे छ । ग्रेट नटराज फिल्मस्ले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा नव गायिका विधामा दिया पोखरेल उत्कृष्ट हुनुभयाे भने कविता शिवाकोटीले जुरी अवार्ड प्राप्त गर्नुभयाे ।

आधुनिक विधामै भिडियो तर्फ नृत्य निर्देशकको अवार्ड राहुल बराईलीले, महिला मोडलको अवार्ड जेविका कार्कीले,  म्युजिक भिडियो छायाँकारको अवार्ड नवराज उप्रेतीले र छायाँकारको जुरी अवार्ड बिरेन्द्र भट्टले प्राप्त गर्नुभयाे । यस्तै आधुनिक गीत म्युजिक भिडियो कोरियोग्राफरको अवार्ड अर्जुन भुसालले, उत्कृष्ट भिडियो सम्पादकको अवार्ड मिलन विश्वकर्माले र भिडियो सम्पादकको जुरी अवार्ड वीरबहादुर थारुले हाँसिल गर्नुभयाे । आधुनिक गीतको भिडियोमा उत्कृष्ट पुरुष मोडलको अवार्ड हरिश निरौला (कक्रोच)ले, नव मोडलको अवार्ड प्रकाश बस्नेतले, पपुलर नव मोडलको अवार्ड अनिल थापाले र मोडलको जुरी अवार्ड रमेश रामतेलले प्राप्त गर्नुभयाे । कार्यक्रममा उत्कृष्ट बाल कलाकारको अवार्ड सान्वी खतिवडाले चुम्नुभएकाे छ ।

यस्तै लोक पप विधामा गायकको अवार्ड सारनकोट गीतबाट प्रवीण भट्टले र यही विधाको जुरी अवार्ड सनम खतिवडाले पाउनुभयाे । लोक पप विधामा उत्कृष्ट पुरुष मोडलको अवार्ड सुनिल गुरुङले र पुरुष मोडलमै जुरी अवार्ड प्रकाश श्रेष्ठले, पपुलर विधाको अवार्ड कमल सिंहले हाँसिल गर्नुभयाे भने उत्कृष्ट म्युजिक भिडियो निर्देशकको अवार्ड सुबोल थापाले पाउनुभयाे ।

उत्कृष्ट लोक साँस्कृतिक गीतको अवार्ड निशा गुरुङ श्रेष्ठले यही विधाको जुरी अवार्ड कालिका रोकाले हाँसिल गर्नुभएकाे छ । लोक दोहोरी विधामा उत्कृष्ट गायकको अवार्ड विछोड गीतबाट मानसिंह खड्काले र यही विधाको जुरी अवार्ड सविन गुरुङले हाँसिल गर्नुभयाे ।
उत्कृष्ट महिला लोक दोहोरी गायिकाको अवार्ड अँधेरीमा गीतबाट टिका पुनले प्राप्त गर्नुभयाे । यही विधामा सन्ध्या परियारले जुरी अवार्ड र शान्ता थापाले पपुलर अवार्ड हाँसिल गर्नुभयाे । उत्कृष्ट नव गायिकाको अवार्ड सुनिता तिमिल्सिनाले, नव गायिकाको जुरी अवार्ड करिश्मा बीसीले, उत्कृष्ट नव गायकको अवार्ड प्रवीण सापकोटाले, नव गायकको पपुलर अवार्ड सिद्धार्थ मगरले र जुरी अवार्ड कृष्ण लामिछानेले प्राप्त गर्नुभयाे ।

लोक दोहोरीमै खेम सेन्चुरीले उत्कृष्ट लय तथा नव तर्फ गोविन्द भण्डारीले उत्कृष्ट लय (नव)को अवार्ड जित्नुभयाे । उत्कृष्ट लोक दोहोरी गीतको अवार्ड आभास शताब्दीको जाडो भयो पछौरी गीतले हाँसिल गरेको सो कार्यक्रममा नव कलाकारको उत्कृष्ट गीत चौतारीमा बर्को भयो । कृष्ण स्वर्णकारले पनि नव कलाकारको अवार्ड पाउनुभयाे ।

लोक दोहोरी भिडियो मै नृत्य तर्फ पुरुष मोडको अवार्ड शंकर बीसीले चुम्नुभयाे । यही विधामा ओबी रायमाझीले रम रम मरौटीबाट पपुलर र प्रेम थापाले जुरी अवार्ड पाउनुभयाे । उत्कृष्ट महिला मोडलको अवार्ड मन परेको गीतबाट अञ्जली अधिकारीले हाँसिल गर्नुभयाे । लोक दोहोरी भिडियो मै अभिनय तर्फ उत्कृष्ट मोडलको अवार्ड आनन्द गुरुङले, लोकप्रिय मोडलको अवार्ड निक शर्माले र जुरी अवार्ड सुनिल लामिछानेले हाँसिल गर्नुभयाे ।

अभिनय तर्फ उत्कृष्ट महिला मोडलको अवार्ड टिका जैसीले, नयाँ मोडल पुरुषको अवार्ड पदम बहादुर राना मगरले र जुरी अवार्ड गोविन्द बिवासले प्राप्त गर्नुभयाे । नव तर्फ उत्कृष्ट मोडल शर्मिला पुन मगर र जुरी अवार्ड सुमित्रा गुरुङले पाउनुभयाे । नारायणी खत्री वर्षको सर्वश्रेष्ठ मोडल घोषित हुनुभएकाे छ ।

यस्तै लोक दोहोरीमै म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड दीपक अधिकारीले, कोरियोग्राफरको अवार्ड माधव श्रेष्ठले, छायाँकारको अवार्ड विजय लामाले, सम्पादकको अवार्ड राजकुमार मगरले र सम्पादक तर्फको जुरी अवार्ड रबिन बीकेले प्राप्त गर्नुभएकाे छ । व्यवस्थापकको अवार्ड तेजेन्द्र दुराले, लोक दोहोरीमै उत्कृष्ट रेकर्डिस्टको अवार्ड गोविन्द पराजुलीले, उत्कृष्ट म्युजिक भिडियो नव निर्देशकको अवार्ड रमेश बिके रसाइलीले पाउनुभएकाे छ ।

मौलिक गीत तर्फ उत्कृष्ट मोडलको अवार्ड लक्ष्मी गुरुङले र जुरी अवार्ड बबिता गुरुङ (कुडुले)ले हाँसिल गर्नुभएकाे छ । भाषाभाषी तर्फ उत्कृष्ट तामाङ गीत भिडियो निर्देशक अवार्ड देव दोर्जे लामाले, उत्कृष्ट तामाङ गीत भिडियो पुरुष मोडलको अवार्ड हेरुका लामा र महिला मोडलको अवार्ड सरिता रानाले तथा महिला मोडल जुरी अवार्ड ऋतु लामाले प्राप्त गर्नुभयाे । यस्तै मैथिली भाषा तर्फ उत्कृष्ट गायन अवार्ड रुपेश झाले हाँसिल गर्नुभयाे ।

उत्कृष्ट डान्स लिडरको अवार्ड नाथुनी जैशवालले र यही विधाको जुरी अवार्ड मोहन सुनुवारले पाउनुभएकाे छ । म्युजिक भिडियोका प्राविधिक विधा तर्फ उत्कृष्ट पुरुष मेकअप आर्टिष्टको अवार्ड मोहन लामाले र महिला मेक अप आर्टिष्टको अवार्ड सपना लम्सालले प्राप्त गर्नुभएकाे छ ।

गीत संगीत क्षेत्रमा लामो योगदान दिएको भन्दै लोक दोहोरी गायक कृष्णा कँडेल, राजु परियार, बाद्यबादक खर्क बुढा, लोक दोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका सरिता भारती कार्यक्रममा सम्मानित हुनुभएकाे छ । यस्तै नृत्य कलाकार विशाल स्याङजाली, कलाकार मधुर बस्नेत, सामाजिक अभियान्ता डिल्ली अधिकारी पनि कार्यक्रममा सम्मानित हुनुभयाे ।

अशोक विकको अध्यतामा ग्रेट नटराज फिल्म्स प्रा.लिले यो अवार्ड आयोजना गरेको हो । अशोक विकको अध्यक्षतामा अभिनेत्री दिपासा बिसी, प्रशान्त आग्रे, मदन गजमेर, रमेश थापा, गोपाल थापा र केशव कार्कीको टिमले यो अवार्ड आयोजना गरेको हो । यो अवार्डको निर्णायकमा म्युजिक भिडियो निर्देशक उज्ज्वल केसी, कोरियोग्राफर कविराज गहतराज र सँगीतकार करण रहनुभएकाे थियाे ।

286465415 704245543994435 2123661788443136201 n 286883683 332576415705034 1709315311836663303 n 287538495 730066188330115 7098757852162974197 n alina chauhan award pratap dash sarita bharati samman

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका