‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणका लागी आवहान, असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने • Nepal's Trusted Digital Newspaper‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणका लागी आवहान, असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणका लागी आवहान, असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने

‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणका लागी आवहान, असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने

  • समाचारपाटी
  • सोमवार, जेष्ठ ३०, २०७९
‘काठमाडौं सर्ट फिल्म फेस्टा’ छैठौं संस्करणका लागी आवहान, असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने

काठमान्डाैँ । छायाँछबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सब ‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी आवहान गरेको छ । यो फेस्टाका लागी २०७९असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायाँछबि क्रियसनले जनाएको छ ।

‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एवं छोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधी २ मिनट देखी ५९ मिनट भित्रको हुनुपर्नेछ । नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं बृत्तचित्रको निर्माण बढेको छ । छोटा चलचित्र एवं बृत्तचित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं बृत्तचित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पुर्याउन र अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गरिरहेको फेस्टा एवं छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताउनुभयाे ।

नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सवमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साहन गरिन पर्छ भन्ने पनि फेस्टाको उद्देश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई अवार्डमा पुरस्कृत सम्मानीत गरीन लागीएको हो ।

फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्ट बायोपिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिक च्वाईस अवार्ड, बेष्ट म्यासेज फिल्म, इनकरेजमेन्ट अवार्ड आदी बिभिन्न बिधामा अवार्ड प्रदान गरिनेछ ।

यी मध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशः ट्रफी,प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।

bigyapti

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका