'डान्स मास्टर लिल च्याम्प्स'को भोटिङ्ग पार्टनरमा पे-वेल • Nepal's Trusted Digital Newspaper'डान्स मास्टर लिल च्याम्प्स'को भोटिङ्ग पार्टनरमा पे-वेल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा पे-वेल

‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा पे-वेल

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
‘डान्स मास्टर लिल च्याम्प्स’को भोटिङ्ग पार्टनरमा पे-वेल

डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल च्याम्प्स’ को भोटिङ्ग पार्टनर’ पे वेल बन्ने पक्का भएको छ । आइतबार एक कार्यक्रमका बिच ‘थ्रि प्रोडक्सन’ र पे-वेल बिच सम्झौता भएको हो ।

बालबालिका केन्द्रित यस शोको डिजिटल अडिसन यस अघि नै सम्पन्न भईसकेको छ । उक्त अडिसनबाट छानिएका प्रतिभाहरूका लागी चाडै नै फिजिकल अडिसन सुरु गरिने निर्माण पक्षले जनाएको छ । काठमाडौँ, बिराटनगर, पोखरा, इटहरी, चितवन, आसाम र सिक्किममा फिजिकल अडिसन गरिनेछ ।

बालबालिकामा भएको प्रतिभालाई उजागर गर्न र उनीहरूलाई प्रोत्साहन गर्न यस खालको कार्यक्रमले मदत गर्ने भन्दै आफूहरू यस कार्यक्रमको हिस्सा हुन पाएकोमा पे-वेलका सी.ई.वो सत्यन्द्र श्रेष्ठले खुसी व्यक्त गर्नुभयाे ।

शोको निर्णायकमा तेरिया फौजा मगर, रोजिया महर्जन रहेका छन् । सुपर जजको रूपमा अभिनेत्री सारंगा श्रेष्ठ रहनेछिन् भने शोको होस्ट सुमन र रीमा विश्वकर्माले गर्नेछन् । कमेडी च्याम्पियन जस्तो सफल रियालिटी शो तयार गरेको ‘थ्रि प्रोडक्सन’ले नै यस शोको निर्माण गर्न लागेको हो । शो निर्माणमा नेपा डान्स एकेडेमीले सहकार्य गरेको छ ।

डान्स मास्टरको उपाधि जित्नेले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो कोरियोग्राफरसँग ५० प्रतिशत साझेदारी गर्नुपर्नेछ ।

Mou Signing Paywell 1 Mou Signing Paywell 3 Mou Signing Paywell 4

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका