गणेशमान पालिखेको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना • Nepal's Trusted Digital Newspaperगणेशमान पालिखेको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गणेशमान पालिखेको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना

गणेशमान पालिखेको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
गणेशमान पालिखेको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापना

पोखरा । मानित विश्वविद्यालयतर्फ उन्मुख जनप्रिय बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको १७ औं स्मृति दिवसका सन्दर्भमा वक्ताहरूले उहाँको योगदानको कदर गर्दै लामो समयसम्म सम्झनालायक काम गर्नुपर्ने बताउनुभएकाे छ ।

जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा गणेशमान पालिखेकी धर्मपत्नी गङ्गादेवी पालिखेले रक्तचन्दनको वृक्ष रोपी कार्यक्रमको उद्घाटन गर्नुभयाे । गंगादेवीले पति गणेशमानको सम्झनामा परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गर्नुभएकाे छ । उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले हेरक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी अक्षय कोष स्थापना गरिएको हो ।

निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसलाई मानित विश्वविद्यालयको प्रारूप बनाउन र विकासमा योगदान दिएको चर्चा गर्नुभयाे । वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयको विविए कार्यक्रम उपत्यका बाहिर पहिलो पटक जनप्रिय क्याम्पसमा ल्याउनुभएका पालिखेले यसलाई गुणस्तरीय बनाउन सक्रिय रहनुभएकाे थियाे । विविएको उत्कृष्ट नजिताले नै जनप्रियलाई थप लोकप्रिय बनाएको बरालले बताउनुभयाे ।

समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गर्नुभयाे । उहाँमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टी गर्नुभएकाे थियाे । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुक भरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।

२०६२ जेठ २९ गते तत्कालीन विद्रोही समूहले गणेशमान पालिखेलाई उहाँकै निवास अगाडि नागढुङ्गामा गोली हानी हत्या गरेको थियो । शिक्षामै सहादत प्राप्त गरेका कारण सरकारले उहाँलाई शैक्षिक सहिद घोषणा गरेको हो । कास्की जिल्लाबाट २०२२ सालमा एम कम पास गर्ने उहाँ पहिलो व्यक्ति हुनुहुन्छ । २०२३ सालमा पश्चिम जर्मनीबाट औद्योगिक व्यवस्थापनमा स्नातक गर्नुभएका पालिखेले २०३० देखि २०३२ सालमा पृथ्वीनारायण क्याम्पसको प्रमुख भएर काम गर्नुभएकाे थियाे । २०४६ सालमा स्वेच्छिक अवकाश लिए पछि उद्योगमा होमिनुभएका
पालिखेलाई जनस्तरबाट स्थापित जनप्रिय बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुखका लागि प्रस्ताव गरेपछि १४ वर्ष निरन्तर क्याम्पस हाँक्नुभएकाे थियाे ।

पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल राष्ट्रिय प्राध्यापक संगठन, प्रगतिशील प्राध्यापक संगठन, प्रजातान्त्रिक प्राध्यापक संघ, कर्मचारी संघ जनप्रिय इकाइ, स्वतन्त्र विद्यार्थी युनियन लगायत प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूले पालिखेले जस्तै क्याम्पसलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विचार राख्नुभएकाे थियाे । स्वर्गीय पालिखेको सम्झनामा विविए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण यसअघि नै गरिएको जानकारी प्रशासक महादेवकुमार पालिखे जानकारी दिनुभयाे ।

ganeshman2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका