डुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट • Nepal's Trusted Digital Newspaperडुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट

डुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
डुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट

पोखरा । पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली डुलुवा टोली भारतको जम्मु कस्मिरमा पुगेको छ । टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनका बारेमा जानकारी गराएको छ ।

टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्तरक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताउनुभएकाे छ । टोलीले उनीहरुलाई पोखरामा रहेका कस्मिरी समुदायका बारेमा जानकारी दिंदै व्यवसायीक सहयोग आदान प्रदानका बारेमा छलफल गरेको थियो । ‘भारत पुगेपछि केहि उल्झन् हुन्छ कि भन्ने सोचेंका थियौं, तर जताततै राम्रो सत्कार पाएका छौं, ” उहाँले भन्नुभयाे ।

गत २२ गते पोखराबाट हिंडेको डुलुवाले पहिलो दिन कोलपुरमा, दोश्रो दिन रामपुरमा तेश्रो दिन चण्डीगढ, पाँचौं दिन अमृतसरमा छैठौं दिन जम्मुमा तथा सातौं दिन कस्मिरमा बास बसेको भ्रमण टोलीका सदस्य विकास भट्टराईले जानकारी दिनुभयाे । १९ सदस्यीय भ्रमण टोली यसपछि कारगिल, ले लदाक हुँदै मनाली पुग्ने छ । मनालीमा त्यहाँका व्यवसायीसंग अन्तरक्रियासंगै प्याराग्लाइडिङ्गको कार्यक्रम पनि हुने भट्टराईको भनाई छ ।

 

duluwa 2 duluwa 3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका