‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतलाई • Nepal's Trusted Digital Newspaper‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतलाई • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतलाई

‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतलाई

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतलाई

काठमान्डौँ । ‘मिस एसइइ नेशनल २०२२’को उपाधि दृष्टि बस्नेतले जित्नुभएकाे छ । २१ प्रतियोगीलाई पछि पर्दै दृष्टि बस्नेतले उपाधि चुम्नुभएकाे हाे । विजेता बस्नेतले बिभिन्न गिफ्ट ह्याम्परसँगै प्लस २ का लागि छात्राबृत्ति (एयर होस्टेज, फेसन डिजाइनिङ)’ लगायत हात पार्नुभएकाे  छ ।

शनिबार राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगीतमा प्रमिशा चौलागाई फष्ट रनरअप, लिपी दाहाल सेकेन्ड रनरअप, मञ्जिता कुँवर थर्ड
रनरअप र सोनीका सुवेदी फोर्थ रनरअप हुनुभयाे । सबै विजेताले  बिभिन्न गिफ्ट र उपहार समेत हात पार्नुभएकाे छ ।

युहान इन्टरनेशनल आयोजक र एमी इन्टरटेनमेन्टको सहकार्य रहेको प्रतियोगीतामा पब्लिक चोइस प्रमीशा चौलागाई, फष्ट रनरअप
पब्लिक चोइस दृष्टि बस्नेत, भियुर्स चोइस प्रमीशा चौलागाई, फष्टरनरअप भियुर्स चोइस मञ्जिशा कुँवर, म्यानेजमेन्ट चोइस तृषा अर्याल, मिस
ट्यालेन्ट लिपी दाहाल, मिस फोटोजेनिक अबिरा कार्की, वेष्ट वाक पूजा पराजुली, वेष्ट पुर्सनालिटी अरुणिमा सिंह, मिस स्टाइलिस बेलिरिना कार्की, मिस कञ्जिनालिटी लुनिभा कपाली, मोष्ट चार्मिङ श्रेना भण्डारी, मिस कन्फिडेन्ट शिवानी रे, मोस्ट इन्टेलिजेन्ट सेनीका सुवेदी, मोस्ट एक्टिभ जिज्ञाशा केसी लगायतले हात पार्नुभएकाे छ ।

धिरज तण्डुकार, ब्युटिसियन स्वस्तिमा राजभण्डारी, पर्यटन ब्यवसायी तथा समाजसेवी संगिता रौनियर,मोडल सौगात शर्मा, ‘मिस टिन नेशनल २०२२’की विजेता सायुरी श्रेष्ठ लगायत निर्णायक रहेको प्रतियोगीताको केरियोग्राफी रोजिन शाक्यले गर्नुभएकाे थियाे ।

एसइइ दिएर बसेका छात्राहरुको प्रतिभा निखार्दै उनीहरुलाई भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको
आयोजकले जानकारी दिएकाे छ ।

IMG 0594 1 IMG 0599

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका