डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरणसभा सम्पन्न • Nepal's Trusted Digital Newspaperडा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरणसभा सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरणसभा सम्पन्न

डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरणसभा सम्पन्न

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरणसभा सम्पन्न

पाेखरा । डा. कोइराला रिसर्च इंस्टीट्यूट फर बायोटेक्नोलोजी एण्ड बायोडाइभर्सिटी को पाँचौँ साधरण सभा पोखरामा एक कार्यक्रम का बिच शुक्रबार सम्पन्न भएको छ।

वि.सं. २०७३ सालमा स्थापित उक्त गैर नाफामुलक संस्था नेपालको जैविक विवधता संरक्षण साथै जैविक प्रविधि उपयोग गर्ने उद्देश्यले स्थापना गरिएको संस्थाका संस्थापक पोखरा निवासी वरिष्ठ अनुसन्धान वैज्ञानिक डा. निरञ्जन कोईराला ले बताउनु भयो।

डा. निरञ्जन कोइराला को अध्यक्षतामा पाेखरामा सम्पन्न भएकाे कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरू बराल को प्रमुख आतिथ्यता, गण्डकी प्रदेश नीति तथा योजना आयोग का सदस्य डा.सुवास अधिकारी को विशिष्ट आथित्यता साथै प्रोषणबिद डा.सुधाश्री अधिकारी, डा.केशव भट्टराई र वसन्त बरालको आतिथ्यता रहेको थियो। सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेकाे थियो।

उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि गुरू बराल ले भन्नुभयाे, ”वनस्पति अनुसन्धान तथा पर्यावरण संरक्षणमा क्षेत्रमा यस संस्थाले पुर्याएको योगदान को प्रशंसा गर्दछु भने अनुसन्धान क्षेत्रमा निरन्तर अगाडि बढ्न मेराे शुभकामना संगै यसमा मेराे पूर्ण साथ सहायोग हुनेछ।” साथै हाम्रै मुलुकभित्रका जडिबुटीहरू लाई आफैले प्रशोधन गर्नुपर्ने कुरामा जोड दिनुभएकाे थियाे।

त्यस्तै विशिष्ट अतिथि डा. सुबास अधिकारीले कृषि तथा वन मन्त्रालय संग सहकार्य गरेर अगाडि बढ्नुपर्ने कुरा बताउनु भएकाे थियाे। यस्तै कार्यक्रममा अन्य वक्ताहरुले पनि आ आ-आफ्नो धारणा राख्नुभएकाे थियाे। अन्तमा बोल्दै यस सँस्थाका संस्थापक डा. निरञ्जन कोइरालाले नेपालमा जडिबुटीहरू घाँस दाउरा रूपमा खेर गई रहेको साथै प्रशोधन अभावमा सस्तोमा बिक्री गरीरहेको र सोहि जडिबुटीका प्रशोधित औषधिहरू महँगोमा खरिद गर्नु परेको तितो यथार्थतालाई प्रस्तुत गर्नुभएकाे थियाे।

नेपालमा देखिएको फोहोरमैला तथा वातावरण सम्बन्धि समस्याको प्रसंगमा बोल्दै डा. कोइराला ले “फोहोरलाई मोहोरमा बदल्न फोहोर बाट बायोग्याँस, बायोडिजेल, बायोइलेक्ट्रिसिटीका रूपमा उत्पादन गर्न सकिने कुरालाई बेजोड ढङ्गले प्रस्तुतिकरण गर्नुभएकाे थियाे। देशका विभिन्न भागका जडिबुटिहरूमा अनुसन्धान गरेर अन्तराष्ट्रिय स्तरका जर्नलहरूमा प्रकाशित गरेका कुराको पुष्टि समेत गर्नुभएकाे थियाे। साथै देश एवम् जनताको समृदिको लागि अनुसन्धान क्षेत्रमा प्रर्याप्त बजेटको विनियोजन गरीदिनु हुन सम्पूर्ण सरोकारवाला हरूमा अपील समेत गर्नुभएकाे थियाे।

niranjan

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका