साकार हुँदै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान • Nepal's Trusted Digital Newspaperसाकार हुँदै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • साकार हुँदै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान

साकार हुँदै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान

  • समाचारपाटी
  • आइतवार, जेष्ठ २९, २०७९
साकार हुँदै गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियान

लेखनाथदेखि पोखरासम्म अब बिजुलीको लाइन अन्डरग्राउन्ड

पोखरा । गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने अभियानमा नेपाल विद्युत प्राधिकरणले सघाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा शनिबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त प्रतिबद्धता जनाउनुभएकाे हाे । मुख्यमन्त्री निवासमा भएको भेटमा गण्डकी प्रदेशमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री हरिशरण आचार्य, प्रमुख सचिव रवीलाल पन्थ सहभागी हुनुहुन्थ्याे ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अरु प्रदेशभन्दा गण्डकीमा धेरै विद्युत उत्पादन हुने भए पनि कतिपय ग्रामीण भेगमा अझै पनि विद्युतीकरण हुन नसकेको स्मरण गराउनुभयाे । गण्डकी प्रदेशको मादी करिडोर, मोदी करिडोर, मर्स्याङ्दी करिडोर र अन्य स्थानमा विद्युत आयोजनाहरु धमाधम बनिरहेको अवस्थामा विद्युत प्रशारण लाइन नहुँदा उल्झन सिर्जना हुन लागेको बताउनुभयाे । गण्डकी प्रदेशको राजधानी पोखरामा बिजुलीको लाइन अन्डरग्राउन्ड गर्न प्रदेश सरकार, प्राधिकरण र पोखरा महानगरबीच सहकार्य हुनुपर्ने उहाँको भनाइ थियो ।

ऊर्जामन्त्री आचार्यले प्रदेश सरकारले सञ्चालन गरेको उज्यालो गण्डकी अभियान, काठेपोल विस्थापन अभियानमा भएका प्रगतिका साथमा प्राधिकरणसँग प्रदेश सरकारको अपेक्षाका बारेमा बताउनुभएकाे छ । कार्यकारी निर्देशक घिसिङले पहिलो चरणमा लेखनाथ सबस्टेशनबाट पोखरासम्म बिजुलीको लाइन अन्डरग्राउन्ड गर्ने प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहकार्यमा सुरु गरिहाल्ने प्रतिबद्धता जनाउनुभयाे ।

पोखराको बिरौटामा अत्यधुनिक सबस्टेशन बन्न लागेको र त्यसमा सहजीकरण गरिदिन उहाँले प्रदेश सरकारसँग आग्रह गर्नुभएकाे छ । अन्तका सबस्टेशनभन्दा फ्रक डिजाइनमा डोमभित्र सबस्टेशन निर्माण हुने र त्यसले वरिपरिको बस्तीमा केही असर नपार्न कार्यकारी निर्देशक घिसिङले जानकारी गराउनुभयाे । यो सबस्टेशन बनेपछि पोखरामा झ्यापझ्याप बिजुली जाने क्रम रोकिने समेत उहाँले बताउनुभएकाे थियाे ।

मोदीखोलामा रहेका परियोजनाहरुबाट उत्पादित बिजुलीका लागि लाहाचोकमा सबस्टेशन बनिसकेको र त्यसको कनेक्सन लेखनाथमा भइसकेको छ । दाना, कुश्मा, बुटवल प्रशारण लाइन अन्तर्गत दानादेखि कुश्मासम्मको काम सम्पन्न भइसकेको र ग्रामीण भेगमा विद्युतीकरणका लागि सामान खरिद प्रक्रियामा केही समस्या आएको र त्यो समस्या छिटै सल्टाइने कार्यकारी निर्देशक घिसिङको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलसँग घिसिङले अब सरकारी कार्यालयहरुमा विद्युतीय गाडी प्रयोगमा जोड दिन आग्रह गर्नुभयाे । प्राधिकरण पोखराको लेकसाइड, टुरिस्ट बसपार्कसहित ३ ठाउँमा स्मार्ट चार्जिङ स्टेशन बनाउन लागेको भन्दै उहाँले स्वदेशको बिद्युत खपत बढाउन, इन्धन आयात कम गर्न र सस्तोमा गाडी चढ्ने अवस्थाका लागि विद्युतीय गाडी प्रयोगमा जोड दिनुभएकाे हाे ।

cm pokharel kulmal ghising 1 cm pokharel kulmal ghising 2

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका