इलामको राहसलमा जबर्जस्ती करणी गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ • Nepal's Trusted Digital Newspaperइलामको राहसलमा जबर्जस्ती करणी गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इलामको राहसलमा जबर्जस्ती करणी गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

इलामको राहसलमा जबर्जस्ती करणी गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
इलामको राहसलमा जबर्जस्ती करणी गरेको आरोपमा अनाथालयका अध्यक्ष र सचिव पक्राउ

मङ्गलबारे । जबर्जस्ती करणी गरेको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।

अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिनुभएकाे हाे ।

प्रहरी प्रमुख श्रेष्ठका अनुसार सोही अनाथालयका अध्यक्ष राजेन्द्र चौहानसमेत पक्राउमा पर्नुभएकाे छ । उहाँमाथिसमेत आरोप लागेपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राईलाई बिहीबार नै पक्राउ गरेर अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ भने चौहानलाई समेत म्याद थप गरेर विस्तृत अनुसन्धान गरिने भएको छ । चौहानमाथि आरोप लागेको बताइए पनि के आरोप लागेको हो भन्नेबारे खुलाउन नमिल्ने प्रहरीको भनाइ छ ।

source:-onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका