आबुखैरेनी मुग्लिन खण्डस्थित एकतर्फी रुपमा सवारी साधन सञ्चालन • Nepal's Trusted Digital Newspaperआबुखैरेनी मुग्लिन खण्डस्थित एकतर्फी रुपमा सवारी साधन सञ्चालन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • आबुखैरेनी मुग्लिन खण्डस्थित एकतर्फी रुपमा सवारी साधन सञ्चालन

आबुखैरेनी मुग्लिन खण्डस्थित एकतर्फी रुपमा सवारी साधन सञ्चालन

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
आबुखैरेनी मुग्लिन खण्डस्थित एकतर्फी रुपमा सवारी साधन सञ्चालन

तनहुँ । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी मुग्लिन खण्डस्थित साँखर ड्यामबाट ठूला सवारी साधन पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। सडक भासिएपछि कमजोर बनेको जमिन ठूला सवारी साधन पास गराइए दुर्घटनाको थप जोखिम हुने भन्दै हिजो साना सवारी साधनलाई मात्र पार गराइएको थियो।

हिजोदेखि नै निरन्तर स्काभेटर प्रयोग गरेर भित्ता काट्ने काम राती ११ बजेसम्म गरिएपछि अहिले भने ठूला सवारी साधनलाई पनि एकतर्फी रुपमा आवतजावत खुल्ला गरिएको सडक डिभिजन कार्यालय दमौलीकी प्रमुख लक्ष्मी केसीले जानकारी दिनुभएकाे हाे। ‘गाडीको चाप पनि भयो, भित्ता काट्दै गएपछि ठूला सवारी साधनलाई पनि जान मिल्ने वातावरण बन्यो। त्यसपछि हिजो रातीदेखि नै एकतर्फी रुपमा ठूला सवारीलाई पनि पार गराइएको हो’, उहाँले भन्नुभयाे।

इलाका प्रहरी कार्यालय आबुखैरेनीका सई बासुदेव थापाले बिहानसम्म गाडीको चाप कम भए पनि भित्ता काट्ने काम पुन सुरु भएपछि चाप बढ्न थालेको छ। उहाँका अनुसार स्काभेटरको कामसँगै पोखरातर्फबाट गएको र मुग्लिङतर्फ आएका सवारी साधनलाई आलोपालो सडक पार गराउने व्यवस्था मिलाइएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका