विद्यालय संचालन भएकाे एक महिनापछि मुगुमा पुग्याे पाठयपुस्तक • Nepal's Trusted Digital Newspaperविद्यालय संचालन भएकाे एक महिनापछि मुगुमा पुग्याे पाठयपुस्तक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • विद्यालय संचालन भएकाे एक महिनापछि मुगुमा पुग्याे पाठयपुस्तक

विद्यालय संचालन भएकाे एक महिनापछि मुगुमा पुग्याे पाठयपुस्तक

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
विद्यालय संचालन भएकाे एक महिनापछि मुगुमा पुग्याे पाठयपुस्तक

मुगु । मुगु जिल्लामा विद्यालय संचालन भएको करिब एक महिनापछि पाठयपुस्तक आइपुगेको छ । गत जेठ १ गते देखि विद्यालयमा पठनपाठन सुरु गरिए पनि पाठयपुस्तक अभावमा अध्यन अध्यापन प्रभावित भएको थियो ।

छायाँनाथ रारा नगरपालिकाअन्तर्गत ४४ वटा सामुदायिक विद्यालयका लागि ढुवानीको जिम्मा लिएको जयलक्ष्मी पुस्तक भण्डारले शुक्रबार पुस्तक गमगढीमा पुर्‍याएको छ ।

प्रादेशीक राजधानी सुर्खेत पाठयपुस्तक बिक्री डिपोबाट ढुवानी गरी गमगढीमा ल्याएको हो। जिम्मा लगेको सबै पुस्तक ढुवानी गरिसकेपछि सामुदायिक विद्यालयलाई वितरण गरिने पुस्तक बिक्रेता जयलक्ष्मी भामले बताउनुभयाे ।

पुस्तक ढुवानीको निम्ति सम्बन्धित निकायलाई पटक पटक ताकेता गरेपछि शुक्रबार गमगढी बजारमा नयाँ पुस्तक पुगेको छायाँनाथ रारा नगरपालिकाका प्रमुख विष्णु कुमार भामले बताउनुभएकाे छ ।

जिल्लाको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकामा जिम्मा लगेका पुस्तक बिक्रेताले छिट्टै पालिकास्तरमा पुस्तक पुर्‍याएर वितरण सुरु हुने जिल्ला शिक्षा विकास समन्वय इकाइ कार्यालयले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका