दुलेगौँडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१० स्थित मान्द्रे खोलाले बगाउँदा याम बहादुर विकको मृत्यु भएको छ। शुक्रबार राति करिब १०:२० बजे खोला तर्ने क्रममा भेलले बगाउँदा शुक्लागण्डकी-१० कुखुरे खोला बस्ने ५२ बर्षका विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयाे।
विक घर जान खाेला तर्ने क्रममा बर्षाका कारण आएको मान्द्रे खोलाको भेलले विक लाई बगाएको थियो। उहाँको खोजतलास गर्दा आज बिहान ७ बजे तरेको ठाउँदेखि करिब ७सय मिटर तल बाङ्गे खोलाको छेउमा घोप्टो परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि दमौली अस्पताल पठाइएको छ।
वडाध्यक्ष राजेन्द्र भट्टराईका अनुसार विक परम्परागत रुपमा आरनसँगै खेतीपाती र मेलापात गरी घर व्यवहार चलाउँनुहुन्थ्याे। विकको पाँच जनाको परिवार छ।