पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन • Nepal's Trusted Digital Newspaperपहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन

मुग्लिन । वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो । पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका