रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईकोअभिनयमा 'को छर मेरो' • Nepal's Trusted Digital Newspaperरियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईकोअभिनयमा 'को छर मेरो' • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईकोअभिनयमा ‘को छर मेरो’

रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईकोअभिनयमा ‘को छर मेरो’

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईकोअभिनयमा ‘को छर मेरो’

काठमान्डौं । नेपाली चलचित्र तथा म्युजीक भिडियोका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका रियल जोडी लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय रहेको नयाँ म्युजीक भिडियो सार्वजनिक गरिएको छ । को छर मेरो भन्ने बोलको गीतमा लक्ष्मी र जीवनमो माया प्रेमलाई देख्न सकिन्छ । गीतमा रजनी राईको स्वर रहेको छ भने भुपेन्द्र महतको शब्द रहेको छ । गीतमा जीवन प्रधानको संगीत रहेको छ ।

गीतको भिडियोलाई लक्ष्मी र जीवन आफैले निर्देशन गर्नुभएकाे हाे । भिडियोलाई लिएर लक्ष्मी र जीवनले दर्शकबाट साथ पाउने अपेक्षा लिनुभएकाे छ । उहाँहरुले यसअघि गरेका काम जस्तै गरी दर्शक तथा स्रोताले मन पराउनेमा विश्वास राख्नुभएकाे छ । भिडियो लक्ष्मी बर्देवाकै युटयुव च्यानलबाट अपलोड गरिएको छ ।

laxmi jiban

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका