फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण • Nepal's Trusted Digital Newspaperफिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
फिल्म ‘डलर एयुडी’ निर्माण हुने, मुख्य भूमिकामा मेनुका र अर्पण

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो ।
लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरन्ञनात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले  चलचित्र निर्माण गर्न लागेको हो ।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको चलचित्रमा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।

देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा सन्तोष अधिकारीले निर्माण गर्न लाग्नुभएकाे हाे । चर्चित फिल्म ‘आमा’मा सह लगानी गर्नुभएकाे अधिकारी लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएकाे छ ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहनुभएकाे छ । अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेख्नुभएकाे हाे । जसको पट्कथा चे शंकरले तयार पार्नुभएकाे छ । अष्ट्रेलियन छायाकार राय  को सिनेमाटोग्राफी , मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत , सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूर्ण छायांकन अष्ट्रेलियामा गरिने बताइएको छ । फिल्म  समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

1 2 3 7

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका