एन प्याव्सनको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा करुणा प्रथम • Nepal's Trusted Digital Newspaperएन प्याव्सनको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा करुणा प्रथम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एन प्याव्सनको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा करुणा प्रथम

एन प्याव्सनको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा करुणा प्रथम

  • समाचारपाटी
  • शनिबार, जेष्ठ २८, २०७९
एन प्याव्सनको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा करुणा प्रथम

पोखरा । एन प्याव्सन कास्कीले आयोजना गरेको अन्तर विद्यालय स्तरीय वादविवाद प्रतियोगितामा युनिभर्स इङ्लीस वोर्डिङकी करुण शर्मा प्रथम हुनुभएकाे छ ।

प्रतियोगितामा पुष्पसदन एकेडेमीका रिजन अधिकारी द्धितीय हुनुभयाे । त्यसैगरी हेमजा वोर्डिङ स्कूलकी सोनिका पोख्रेल, ज्ञानज्योति वोर्डिङ स्कूलकी सवानी परियार, ज्ञानज्योति विद्या कुञ्जकी खुशी गुरुङ तथा डायमण्ड मोडेल स्कूलकी कृपा अधिकारी तृतीय भएका हुनुभएकाे थियाे ।

कार्यक्रममा विजयी विद्यार्थीलाई नेशनल प्याव्सनका केन्द्रीय सहअध्यक्ष सुवाष न्यौपाने, शिक्षा विद् आरसी खनाल, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले मायाँको चिनो र मेडल प्रदान गर्नुभएकाे थियाे ।

एकात्मक शासन भन्दा सङ्घात्मक शासन वेस भन्ने विषयमा भएको प्रतियोगितामा ३३ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक रमेशराज पौडेलले जानकारी दिनुभयाे ।

प्रतियोगितामा डा. यान बहादुर क्षेत्री, सहप्रध्यापक भिमनाथ बराल र डा.भूमिराज वस्ताकोटी निर्णायकमा रहनुभएकाे थियाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले प्रश्न सोधाइले नै नयाँ ज्ञानको उचाईमा पुर्याउने बताउनुभयाे ।

‘सयौ अनुत्तरीत प्रश्नबाट नै नयाँ नयाँ ज्ञानको सृजना हुन्छ’ उहाँले भन्नुभयाे,‘ प्रश्न भन्दा माथी कोहि पनि छैन, प्रश्न गर्ने क्षमता राख्नुपर्दछ ।’

उहाँले जिज्ञासु शोभाव मर्यो भने वैज्ञानिक चेत मर्ने बताउँदै प्रश्न सोध्न कहिल्यै पनि पछि नपर्न विद्यार्थीलाई आग्रह गर्नुभयाे ।

नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा अतिरिक्त क्रियाकलाप संयोजक राजु केसी, सचिव मनकाजी गुरुङ, कार्यक्रमका सदस्य हरिराज अधिकारीले बोल्नुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका