डिजेलको मूल्य बढेपछि फेरि बढ्यो सार्वजनिक यातायातको भाडा( सुचीसहित) • Nepal's Trusted Digital Newspaperडिजेलको मूल्य बढेपछि फेरि बढ्यो सार्वजनिक यातायातको भाडा( सुचीसहित) • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डिजेलको मूल्य बढेपछि फेरि बढ्यो सार्वजनिक यातायातको भाडा( सुचीसहित)

डिजेलको मूल्य बढेपछि फेरि बढ्यो सार्वजनिक यातायातको भाडा( सुचीसहित)

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २७, २०७९
डिजेलको मूल्य बढेपछि फेरि बढ्यो सार्वजनिक यातायातको भाडा( सुचीसहित)

काठमान्डौं । सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको जानकारी गराएको हो । ११ जेठमा मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो ।

नेपाल आयाल निगमले डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ । विभागका अनुसार बढेको भाडा  जेठबाटै लागू हुने भएको छ ।

विभागका अनुसार यात्रुबाहक सवारीको हकमा २.५ प्रतिशत भाडा बढेको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ३.३ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ३.७ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ ।

https://drive.google.com/file/d/1x-RR7-Jb6YtYjPWoKxm0sDJiu-my6pzc/view

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका