रुपन्देही सैनामैनामा शिव भवानी कपास उद्योगमा आगलागी, ८६ लाख बराबरको क्षतिकाे अनुमान • Nepal's Trusted Digital Newspaperरुपन्देही सैनामैनामा शिव भवानी कपास उद्योगमा आगलागी, ८६ लाख बराबरको क्षतिकाे अनुमान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुपन्देही सैनामैनामा शिव भवानी कपास उद्योगमा आगलागी, ८६ लाख बराबरको क्षतिकाे अनुमान

रुपन्देही सैनामैनामा शिव भवानी कपास उद्योगमा आगलागी, ८६ लाख बराबरको क्षतिकाे अनुमान

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २७, २०७९
रुपन्देही सैनामैनामा शिव भवानी कपास उद्योगमा आगलागी, ८६ लाख बराबरको क्षतिकाे अनुमान

बुटवल । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ कलौनी पुरानो बजारमा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो ।

सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि आगोलाई नियन्त्रणमा लिएका छन् ।

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका