अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी • Nepal's Trusted Digital Newspaperअन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ २७, २०७९
अन्तर विद्यालय क्रिकेट प्रतियोगितामा सिद्धार्थ र भद्रकाली मावि विजयी

पोखरा । पोखरामा जारी ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा सिद्धार्थ मावि र भद्रकाली मावि विजयी भएका छन् ।

पहिलो खेलमा सिद्धार्थले शुक्रराज वलभद्र माविलाई ६ विकेटले पराजित गरेको थियो । अर्को खेलमा भद्रकालीले महेन्द्र माविमाथि ८ विकेटको जित निकाल्यो ।

पहिला व्याटिङ गरेको भद्रकालीले ६३ रनमै सम्पूर्ण विकेट गुमाएको थियो । खेलमा १ ओभर बलिङ गर्दै ३ रन खर्चिएर ४ विकेट लिएका सिद्धार्थका सन्देश नेपाली म्यान अफ द म्याच हुनुभयाे । अर्को खेलमा पहिला व्याटिङ गरेको महेन्द्र माविले १५ ओभरमा सम्पूर्ण विकेट गुमाएर ५९ रन मात्रै बनाउन सक्यो ।

प्रत्युत्तरमा भद्रकालीले ८.४ ओभरमै ६० रनको लक्ष्य भेटाएको थियो । भद्रकालीका असिम गुरुङ्गले १८ बलमा ६ चौकाको मद्धतमा २६ रन बनाउनुभयाे । बलिङतर्फ ३ ओभरमा २ मेडन सहित २ विकेट लिएका भद्रकालीका रविन गुरुङ्ग म्यान अफ द म्याच हुनुभएकाे थियाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका