अनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणकाे आग्रह • Nepal's Trusted Digital Newspaperअनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणकाे आग्रह • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणकाे आग्रह

अनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणकाे आग्रह

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ २६, २०७९
अनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन नगर्न प्राधिकरणकाे आग्रह

काठमान्डौं ।  नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिइ दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।

पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको वेवास्ता गर्दै स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ ।

अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनीरूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका