'चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’:-सांसद खतिवडा • Nepal's Trusted Digital Newspaper'चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’:-सांसद खतिवडा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’:-सांसद खतिवडा

‘चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’:-सांसद खतिवडा

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ २६, २०७९
‘चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’:-सांसद खतिवडा

काठमान्डौं । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नारायणप्रसाद खतिवडाले फोहोर व्यवस्थाापनको नाममा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको भन्दै विरोध जनाउनुभएकाे छ ।

प्रतिनिधि सभामा बैठकमा उहाँले काठमान्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय निर्वाचनमा पाएको चुनाव चिन्ह लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिएको टिप्पणी गर्नुभएकाे छ । ‘स्थानीय चुनावमा चुनाव चिन्ह रहेको लौरो अहिले नुवाकोटे जनताको टाउको र ढाडमा बजारिन पुगेको छ’ सांसद खतिवडाले भन्नुभयाे ।

काठमान्डौं महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि बन्चरेडाँडा जाँदै गर्दा स्थानीयबासिन्दासँग प्रहरीको झडप भएको थियो । सोही झडपतर्फ संकेत गर्दै सांसद खतिवडाले यस्तो बताउनुभएकाे हाे । ‘सभामुख महोदय, यही जेठ महिनाको २४ र २५ गते नुवाकोट जिल्लाको ककनी र धादिङको धुनीबेंसी बीचको बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनताहरुमाथि प्रहरी दमन भएको छ ।’ सांसद खतिवडाले भन्नुभयाे ।

फोहोर व्यवस्थापनको नाममा नुवाकोटमा १७ वर्ष अगाडिदेखि वेतिथी भएको उल्लेख गर्दै उहाँले स्थानीय जनताको जायज माग सुनेर, ती मागहरु पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था गर्नका लागि सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका