मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु • Nepal's Trusted Digital Newspaperमलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु

मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ २६, २०७९
मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु

नेपालगञ्ज । बाँकेमा मलामी गएका दुई युवाको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको राप्ती नदीमा मलामी गएका दुई युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको  बाँके प्रहरीले जनाएको छ।

हुम्ला सिमिकोट–८ घर भई हाल नेपालगञ्ज–१ धम्बोझीमा बस्दै आएका १८ वर्षीय त्रिबल शाही र लेकराज छन्तेल बिहीबार बिहान राप्ती नदीमा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपाने जानकारी दिनुभयाे।

पौडी खेल्ने क्रममा नदीमा बेपत्ता भएको आशंका गरिएको छ । बुधबार घरबेटीको दाहसंस्कारमा गएका युवाहरू घर नफर्केपछि साँझ ६ बजे खोजतलास गर्दा नदीको छेउमा  कपडा र एक थान मोबाइल फेला परेको थियो ।

डुडुवा गाउँपालिका–४ स्थित सिधनियाघाट राप्ती नदी किनारमा उनीहरूको शव फेला पारेको हो । हुम्लाबाट अध्ययनका लागि नेपालगञ्ज आएका उनीहरूले यसैवर्ष धम्बोझी माविबाट कक्षा १२ को परीक्षा दिएका थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका