तस्करी गरी ल्याइएका सामान बोकेका तीनवटा ट्रक नियन्त्रणमा • Nepal's Trusted Digital Newspaperतस्करी गरी ल्याइएका सामान बोकेका तीनवटा ट्रक नियन्त्रणमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तस्करी गरी ल्याइएका सामान बोकेका तीनवटा ट्रक नियन्त्रणमा

तस्करी गरी ल्याइएका सामान बोकेका तीनवटा ट्रक नियन्त्रणमा

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ २६, २०७९
तस्करी गरी ल्याइएका सामान बोकेका तीनवटा ट्रक नियन्त्रणमा

क्रान्ति शाह,  वीरगन्ज । वीरगन्जमा प्रहरीले भारतबाट तस्करी गरी ल्याइएका सामान बोकेर जाँदै गरेका तीनवटा ट्रक नियन्त्रणमा लिएको छ। ती तीन वटै ट्रक र सामानसहित गरी दुई करोडभन्दा बढी मुल्याकंन गरी आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयाे।

खनालका अनुसार वीरगन्ज १० घण्टघर स्थित सडकमा प्रहरीले बा ५ ख ६५५८ र लु २ ख ५३४९ नम्बरको मालवाहक ट्रक रोकेर चेकजाँच गर्दा दुवै ट्रकबाट बिलबिजकभन्दा बढी मुल्यका हार्डवेयर, औषधी लगायतका सामान बरामद भएको हो।

यस्तै वीरगन्ज ८ माइस्थान चोक स्थित सडकमा ना ४ ख ४३०१ नम्बरको ट्रक रोकेर चेकजाच गर्दा उक्त ट्रकबाट पनि बिलविजकभन्दा बढी मुल्यको औषधी, लत्ताकपडा लगायतका खुद्रा मालसामान बरामद भएको प्रहरी नाययव उपरीक्षक खनालले बताउनुभयाे।

तीन वटै ट्रक र ट्रकबाट बरामद सामान गरी दुई करोड रुपैयाँको मुल्यांकन गरी आवश्यक कार्वाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको खनालले जानकारी दिनुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका