मेलम्ची खोलामा आएको बाढीलेअस्थायी पुलमा क्षति • Nepal's Trusted Digital Newspaperमेलम्ची खोलामा आएको बाढीलेअस्थायी पुलमा क्षति • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मेलम्ची खोलामा आएको बाढीलेअस्थायी पुलमा क्षति

मेलम्ची खोलामा आएको बाढीलेअस्थायी पुलमा क्षति

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ २६, २०७९
मेलम्ची खोलामा आएको बाढीलेअस्थायी पुलमा क्षति

काठमान्डौं । सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ लाई जोड्न ह्युमपाइप राखेर बनाइएको अस्थायी पुलमा क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रकाश सापकोटाका अनुसार फड्केश्वरी भन्ने स्थानमा ह्युमपाइप राखेर बनाइएको स्थानमा बाढीले क्षति पुर्याएको हो । अहिले त्यहाँ डोजर प्रयोग गरेर मर्मत गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयाे । मर्मतको काममा मेयर आइतमान तामाङसहितको टोली खटिएको छ ।

सिन्धुपाल्चोकमा अहिले पनि पानी परिरहेको छ र नदी तथा खोलाहरुमा पानीको सतह सामान्य बढेको छ । तर अन्य स्थानमा क्षति भएको विवरण भने नआएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका